धरान / धनकुटाका देबिन्द्र खेवा लिम्बू ( डेबिट) ले धनकुटाबाट धरानसम्मको ५५ किलोमीटर दुरि ५ घन्टामा दौडेर रेकर्ड कायम गरेको छ।
फागुन १७ गते शनिबार बिहान ५ बजेर ४० मिनेटमा धरानमा बिहान १० बजेर ४० मिनेटमा आईपुगेका हुन।देबिन्द्र खेवा लिम्बू (डेबिट) एकल म्याराथन दौडको आयोजनामा यस्तो रेकर्ड कायम गरिएको हो।धरानमा उनलाई प्रदेश सांसद आरसि तुम्बाको प्रमुख आतिथ्यमा स्वागत गरिएका थिए।
धनकुटा जिल्ला हात्तिखर्क हालको छथर गाउँपालिका १ घर भएका हाल धनकुटा जिल्ला किरात चोक ७ निवासी डेबिट लामो समय वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा छन।बहराइनबाट बिदामा नेपाल आएका डेबिटले हालसम्म धनकुटा धरानको दुरिमा दौडेर कुनै रेकर्ड नभएकोले पनि यसका लागि दौडेको बताए।१४ वर्ष अगाडि नेपाल प्रहरी जवानबाट जागिर छाडी वैदेशिक रोजगार गएको बताए।बहराइनमा हाल सेक्युरिटीको काममा जि फोर एस कम्पनीमा जिपिआइसी सेक्युरिटीमा काम गरिरहेका छन।बहराइन बसाईमा समेत उनले विभिन्न दौड प्रतियोगितामा भाग लिएको बताए।बहराइनमा ४ किलोमीटर दौडमा तेस्रो भै स्वर्ण पदक र ट्रफी प्राप्त गरेको बताए।बहराइन मै भएको ४३ किलोमीटर रिले दौडमा भाग लिँदा पाचौ भै संवरण पदक र ट्रफी प्राप्त गरेको बताए।उनले ५५ किलोमीटर ४ घन्टा ३० मिनेटको लक्ष्य राखेको बताए।प्रायोजक भएको खन्डमा अब सातै प्रदेश दौडिने लक्ष रहेको बताए।स्वास्थ्य जीवनको दौडिन आवस्यक भएको भन्दै
५५ किलोमीटर दुरिको दौडमा उनलाई छितिज राई,अभिषेक राई,गोपाल योगि,बलराम संयक लिम्बू,पुर्ण याक्खा,पुर्व प्रहरी सहायक निरीक्षक डम्बरबहादुर कटुवाल,प्रहरी जवान कमल भण्डारीले साथ दिएका थिए।धरानबाट स्वागत गर्दै लिन कुमार प्रधान कल्पित दौडेरै भेडेटारसम्म पुगेका थिए।दौडलाई धनकुटा जिल्ला अस्पतालको एम्बुलेन्सले सहयोग गरेका थिए।
प्रदेश सांसद आरसि तुम्बाले डेबिट धनकुटाको पहिचान बनेको बताए।डेबिट क्रमश राष्ट्रको पहिचान भएको भन्दै नेपालकै गौरब भएको बताए। धनकुटाका समाजसेवी बलबहादुर राईले पर्यटन वर्ष २०२० लाई समेत यो दौडले टेवा दिने भन्दै धनकुटा कै इज्जत राखेको बताए।धरान रनका अध्यक्ष रमु राईले धरान रन तयारी भैरहेको बेला सहयोगको कुरा गरेको भन्दै धरान रनको तयारीमा लागेकोले आवस्यक सहयोग गर्न नसकेको बताए। आफुले लामो दुरिमा दौडिदाको प्राविधिक कुराहरु मात्र जानकारी गराएको बताए।
