25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियपछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित भेटिए


नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै कुल सङ्क्रमितकाे सङ्ख्या ७१७७ पुगेको छ।नेपालमा एकैदिन देखिएको संक्रमितहरूको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २६५ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ३ जना, धुलिखेल अस्पतालमा ९९ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा १ जना, पोखरामा भएको परीक्षणमा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

त्यसैगरी भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जना, जुम्लामा भएको परीक्षणमा १४ जना र कैलालीमा भएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ देखिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments