28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियपत्रकारमा पनि देखियो कोरोना भाइरस

पत्रकारमा पनि देखियो कोरोना भाइरस

काठमाडौँ । मंगलबार पर्सामा एकैदिन ३९ जना कोरोना भाइरस (कोभिड- १९०) संक्रमणको पुष्टि भएका मध्ये ४ जना पत्रकार पनि भएको खुल्न आएको छ।

कोरोना पुष्टि भएका पत्रकारहरु पर्सा जिल्लाका विभिन्‍न सञ्चारमाध्यममा कार्यरत रहेका छन्। उनीहरुलाई रिपोर्टिङका क्रममा कोरोना भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ।

रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेपछि उनीहरु आफैंले नै स्वाब संकलन गरी परीक्षण गर्न दिएका थिए। जसको रिपोर्ट मंगलबार पोजेटिभ आएको हो। कोरोना लागेका पत्रकारसंग संख्या पर्सामा अझ बढी हुन सक्ने अनुमान गरिएको छ।


मंगलबार एकै दिन ३१ जनामा कोरोनाको पुष्टि भएसँगै पर्सा सबै भन्दा बढी कोरोना संक्रमित भएको जिल्ला बन्न पुगेको छ। पर्सामा संक्रमितको संख्या ६४ पुगेको छ। जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन्।


पर्साका ३९ जना, बाराका १ जना, कपिलवस्तु ८ र रुपन्देहीमा ९ जना गरी मंगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। नेपालमा हाल सम्म ३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments