29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराजनीतिपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्:भारतसँग जुनसुकै तहमा पनि वार्ता गर्न नेपाल तत्पर छ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्:भारतसँग जुनसुकै तहमा पनि वार्ता गर्न नेपाल तत्पर छ


काठमाण्डौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक लगायत द्विपक्षीय सीमा समस्या समाधान गरेपछिमात्र चीनसँग बेग्लै वार्ता गर्ने बताएका छन्। कोरोना महामारी साम्य भएपछि वार्ता गर्न सकिने भारतको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीको त्यस अगावै दुवै पक्षबीच वार्ता हुनुपर्नेमा जोड छ।सिंहदरबारमा सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले लिपुलेकलाई व्यापार विन्दुका रुपमा उपयोग गर्ने भारत र चीनको निर्णयका सम्बन्धमा चीनसँग बेग्लै वार्ता गर्नु उपयुक्त हुने बताएका हुन्।भारतसँग जुनसुकै तहमा वार्ता गर्न नेपाल तत्पर रहेको स्पष्ट गर्दै उनले सरकारले भारतका कारण उत्पन्न पछिल्लो समस्या कूटनीतिक माध्यमबाटै निरुपण गर्ने नेपालको चाहना रहेको पनि दोहोर्‍याएका छन्।त्यस्तै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले द्विपक्षीय सहमतिका आधारमा आ–आफ्ना भूभाग छुट्याउने,अन्तर्राष्ट्रिय सीमा नक्सा प्रकाशन गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले सरकारले अझै पनि द्विपक्षीय प्रयास गरिरहेकाले नक्सा प्रकाशनमा केही विलम्ब भएको बताइन्।पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमी मिचेर भारतले लिपुलेकमा चीनको मानसरोवर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै नेपालले तत्काल भिडियो कन्फरेन्सको माध्यमबाट अविलम्ब वार्ता गर्न सुझाव दिएका छन्।समिति सदस्यहरुले नेपाली भूमिमा भारतले निर्माण गरेको चीन जोड्ने बाटोको प्रवेश र निष्काशन विन्दुमा नेपालले भन्सार जाँच चौकी राखेर लाभ लिन सक्ने र भारतले क्षतिपूर्तिस्वरुप बङ्गलादेशसँग नेपाललाई जोड्ने फूलबारी नाका निर्वाध उपयोग गर्न पाउने सुविधा दिनुपर्ने सुझाव समेत दिएका थिएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments