काठमाडौँ । पर्सामा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० देखि ४५ वर्ष उमेर समूहका ३ महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना र पटेर्वासुगौली गाँउपालिकाका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। यस्तै पर्सागढी नगरपालिकाका १ जना, जिराभवानी र धोबीनी गाँउपालिकाका १।१ जना रहेको जनाइएको छ ।
उनीहरु सबैजना भारतको विभिन्न राज्यबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए। यससंगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ।