23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedपाँच दिने पुष्प ब्यापार मेला लाग्ने

पाँच दिने पुष्प ब्यापार मेला लाग्ने

धरान / चौथो प्रदेश नम्बर १ स्तरीय पुष्प ब्यापार प्रदर्शनी मेला धरानमा लाग्ने भएको छ।

ब्यापार मेला सम्बन्धि सोमबार पत्रकार सम्मेलन  गर्दै फ्लोरी कल्चर एसोसिएसन सुनसरी जानकारी दिएको छ।ब्यापार मेला धरानको पब्लिक स्कुलको खेल मैदानमा लाग्ने भएको छ।पाँच दिने ब्यापार मेला यहि माघ २९ गतेदेखि फागुन ४ गतेसम्म लाग्ने कुरा फ्लोरी कल्चर एसोसिएसन नेपाल सुनसरीले जनाएको छ।मेलामा ५२ वटासम्मको स्टल रहने छ।स्टलमा प्रदेश १ सहित अन्य क्षेत्रबाट समेत सहभागी हुने जनाएको छ।

घर आगन होस या सडक किनारा,रोपि स्वदेशी फुल बिरुवा बनाओ प्रदेश हराभरा भन्ने नाराकासाथ ब्यापार मेला लाग्ने तयारी भएको छ।पाँच सय बढी फुलको प्रजाती रहने मेलामा पचास हजार जनाले मेलामा अवलोकन गर्ने लक्ष्य ७० लाखको ब्यापार हुने अनुमान गरिएको छ।प्रदर्शनिले ब्याबसायमा थप बिस्तार हुनेमा आशावादी रहेको जनाएको छ।

नेपालमा बिकम सम्बत २०११ सालबाट सामान्य रुपमा पुष्प ब्याबसाय शुरु भएको हो। शहरीकरणको बिकास संगै हाल नेपाल  ६९७ नर्सरी रहेको जनाएको छ।ती नर्सरीले वार्षिक रुपमा करिब साँढे दुई अर्वको कारोबार भैरहेको कुरा फ्लोरी कल्चर सुनसरीले जनाएको छ।त्यसैगरी प्रदेश १ मा ६५ भन्दा बढी नर्सरी ब्याबसायी रहेको जनाएको छ।जस्ले बार्षिक १३ करोडसम्म कारोबार गर्नेगरेको जनाएको छ।पुष्प ब्याबसायबाट २ हजारबढी प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार मिलेको जनाएको छ।

फ्लोरी कल्चर २०४९ साल कार्तिक ३० गते स्थापना भएको हो।पुष्प ब्याबसायमा लागेर बिकास बिस्तार प्रवर्द्धनमा निरन्तरता दिदै २०५१ सालबाट क्षेत्रीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पुष्प प्रदर्शनी / व्यापार मेला आयोजना गर्दै आएको जनाएको छ।आगामी हुने व्यापार मेलामा चिनी माटोबाट नेपाल मै बनेको सेरामिक गमलाको बिक्रि,मौसमी फुल,आलंकारिक बोटबिरुवा,सुनाखरी,कम्पोस्ट मल,बीउ बिजन,कृषि औजार बिषादी लगायत राखिने छ।

मेलामा बाहिरबाट ल्याएको फुल केही महंगो हुने भए पनि आगामी दिनका लागि ती फुलहरु स्थानिय स्तरमा नै उत्पादन गरिने जनाए।जस्ले गर्दा आगामी दिनमा सस्तो हुने बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments