26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeअन्तरराष्ट्रियपाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दै

पाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दै

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ ।

पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको हालसम्म मृत्यु भएको पनि छ । पाकिस्तानमा बिहीबार मात्र ५७ जना संक्रमितको मृत्यु भएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

संक्रमितहरुमध्ये २२ हजार ३०५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४० हजार ४०६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । अस्पताल भर्ना भएका यी विरामी मध्ये १११ जनाको भने अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments