27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeअन्तरराष्ट्रियपाकिस्तानमा दुर्घटनामा परेको विमानबाट फेला पर्‍यो ३ करोड रुपैयाँ

पाकिस्तानमा दुर्घटनामा परेको विमानबाट फेला पर्‍यो ३ करोड रुपैयाँ

पाकिस्तानको कराचीमा गत साता भएको दुर्घटनामा परेको विमानको भग्नावशेषबाट ३ करोड रुपैयाँ बरामद भएको छ ।

विमानमा ९९ जना थिए र त्यसमा नौ बालबालिका सहित ९७ जनाको मृत्यु भएको थियो । पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पीके–८३०३ विमान लाहौरबाट उडेर कराचीमा अवतरण गर्ने क्रममा विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुई यात्रु चाहिँ सौभाग्यवश सुरक्षित रहे ।

विमानको भग्नावशेषबाट अनुसन्धानकर्मी र उद्धार अधिकारीहरूले विभिन्न देशको मुद्रा बरामद गरेको र तिनको मूल्य तीन करोड रुपैयाँ जति भएको एक अधिकारीले जानकारी दिए । यति ठूलो मात्रामा नगद लैजाँदा पनि विमानस्थलको सुरक्षा संयन्त्रले कसरी पत्ता लगाएन भन्ने विषयमा जाँचबुझ गरिँदैछ । यो रकम दुईवटा थैलीमा भेटिएको ती अधिकारीको कथन छ ।

शव र सामानको पहिचान प्रक्रिया चलिरहेको र मृतकको परिवारलाई भौतिक अवशेष सुम्पिन खोजिएको ती अधिकारीले जानकारी दिए ।

अहिलेसम्म ४७ शवको पहिचान भएको र ४३ वटा शव अन्तिम संस्कारका लागि परिवारलाई सुम्पिइएको उनको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments