28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedपाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज पुस २५ गते शुक्रबारको...

पाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज पुस २५ गते शुक्रबारको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो –छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रेम सम्बन्धमा सुधार आउनेछ ।परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments