22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedपाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज माघ ०१ गते बुधबार ...

पाथिभरा माईले सबैको रक्षा गरुन् :हेर्नुहोस् आज माघ ०१ गते बुधबार ईश्वी सन् २०२० जनवरी १५को राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। घरायसी सुखसयलले काममा पछि पार्न सक्छ। काममा आलस्य जागे पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

केही असहज परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक कामको योजना प्रारम्भ गर्न सकिनेछ। उद्योग र व्यापारमा पनि फाइदा हुनेछ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । साझपख प्रेममा अबिस्वास सिर्जन हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अरूको भरपर्दा आफ्नो काम प्रभावकारी नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। वादविवादले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । साझपख समय राम्रो रहेकोले व्यापारमा बद्धि तथा खनिज पदार्थको कारोबार सुरु गर्न सकिनेछ । परिवारका साथ रमाई यात्राको तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खर्चिलो कामका लागि सरसापट लिनुपर्ने आवश्यकता पर्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ। अरूको करकापमा गरिएको कामले पनि फाइदै हुनेछ। अध्ययनका सन्दर्भमा भ्रमण हुन सक्छ। केही पाउन अर्को वस्तु त्याग्नुपर्ला। आफन्तबाट पनि टाढिनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । साझपख स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि पछिलाई फाइदा हुनेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । साझपख गोप्य योजनाहरु सार्वजनिक नगर्नु नै उचित हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। सोखले खर्च बढाउन सक्छ। तर प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। साभबाट पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments