धरान / नगर पिताको उपनामले चिनिने पुर्व मेयर रहेका ध्यानबहादुर राईको पार्थिब शरिरलाई खोटाङमा अन्त्येष्टि गरिएको छ।समाजवादी पार्टी कार्यालय धरानमा समबेदना प्रस्ताव पारित गरिएको छ।उपस्थित पार्टीका नेता कार्यकर्ता भेला भएर एक मिनेट मौन धारण गरिएको छ।त्यसैगरी पार्टीको झण्डा आधा झुकाएको छ।पार्टी कार्यालयमा आजदेखी शोक पुस्तिका राखिएको छ।
समबेदना प्रस्ताव तथा मौन धारण कार्यक्रममा समाजवादीका केन्द्रिय सदस्य भिम राईले माल्यार्पण गरिएका थिए।त्यसैगरी केन्द्रिय सदस्य दुर्गामाया लिम्बुले धुपबत्ती बालेका थिए।समबेदना कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य जेन्टल लावती लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष गजेन्द्र इस्बो,किरात राष्ट्रिय समिति सदस्य शुभ चन्द्र राई,मानभगत चाम्लिङ धरान उपमहानगर समिति उपाध्यक्ष बिना पुमा राई कृष्ण राई,जिल्ला समिती सदस्यहरु समाजवादी विद्यार्थी युनियन समाजवादी युबासंघ लगायतको उपस्थिति रहेका थिए।
नगर अध्यक्ष ताजुप लिम्बुको नेतृत्व श्रद्धाञ्जली दिन खोटाङ गएको छ।सार्वजनिक रुपमा श्रद्धाञ्जली सभाको आयोजनाको लागि अध्यक्ष ताजुप लिम्बु आएपछि निर्णयपछि कार्यक्रम तय गरिने पार्टीले जानकारी दिएको छ।
क्यान्सर रोगबाट पिडित ध्यानबहादुरको ५९ वर्षको उमेरमा उपचारको क्रममा पाटनमा माघ ६ गते निधन भएको हो।