धरान /राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यसमितिले पार्टी स्थापना दिवसमा दुई दिने कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीको २९ औ स्थापना दिवसको २ दिने कार्यक्रममा पहिलो दिन – मैत्रीपुर्ण फुटसल खेल माघ ५ गते गरिएको कुरा पार्टीका नगर अध्यक्ष चित्रराज थापामगरले जानकारी दिएको छ।सो अवसरमा
नेपाल फोटो पत्रकार महासङ सुनसरी विरुद्व राष्ट्रिय जनमुक्ति पार्टीको मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको थियो । फुटसल खेलमा महासङ्ग ९ को बिरुद्व १४ गोलले विजय भएको थियो । खेल धरान १९ स्थित बुढासुब्बा फुटसलमा सम्पन्न भएको थियो ।
त्यसैगरी दोस्रो दिन माघ ६ गते शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ।पार्टी कार्यालय धरान ८ मा भएको शुभकामना आदानप्रदान कार्यक्रम
पार्टीको सघीय परिषद सचिव बिष्णु थाम्देनको प्रमुख अथिथ्यतामा सम्पन्न भएको हो ।शुभकामना आदानप्रदान कार्यक्रममा आयोजक समितिका सदस्य सिताराम राईले सन्चालन गरेका थिए । राजमुपा सुनसरी अध्यक्ष बिबेक राई छिन्ताङ्गेले पनि मन्तब्य राखेका थिए । कार्यक्रम राजमुपा धरान उपमहानगर कार्यसमितिका समयोजक को अध्यक्षतामा सम्पन्न भएको हो ।