कांग्रेस र एमालेका नेताहरुले हामीलाई तिमीहरुको सबै ठिक छ दर्शन नै छैन । कि पूँजीवाद रोज कि साम्यवाद रोज भन्छन् । खाली दर्शन छैन भन्छन् । हाम्रो नेपालमा के छ भने फेरी पढेलेखेकाहरुको जबरजस्त पकड छ । शिक्षकहरुको पढेलेखेको वर्गहरुको जबरजस्त गाँउसम्म पकड छ । मान्छेहरु परिवर्तनका लागि आउन चाहन्छन तर एउटा शिक्षकले रोकीदिन्छ । ऊ कि एमाले कि कांग्रेसको कार्यकर्ता हुन्छ । उसले यिनिहरुको दर्शन नै छैन भनिदिन्छ । हामीलाई पनि लागिरहेको थियो कि हाम्रो दर्शन नै छैन नै त ? भन्ने कूरा । त्यसपछि हामीले एउटा दर्शनलाई सारेका छौं । हामीले संघीय सहअस्तित्ववाद,संघीय सामूदायिक समाजवाद र र्सघीय इको– इकोनोमीलाई दर्शनको रुपमा अघि सारेका छौं । अहिले हाम्रो दावी के छ भने संसारको कूनै पनि घटना हामी यहीं दर्शनमार्फत विश्लेषण गर्न सक्छौं ।
- संघीय सहअस्तित्ववाद
र्दािर्जलीङमा अहिले आन्दोलन भैरहेको छ । उनिहरुले खान लाउन पाइरहेका छन । नेपालका सबैभन्दा शिक्षितहरु र्दािर्जलीङ गए्र पढे । राजादेखि लिएर सबैभन्दा ठूला ठूला मान्छेहरु त्यही. गएर पढे । र्दािर्जलीङमा सय वर्षअघि रेल पुग्यो । हामी भन्दा राम्रा अंग्रेजी बाल्छन् त्यहाँँका मान्छेहरु । गोपाल योन्जनदेखि अम्बर गुरुङस््म्म ई्न्द्रबहादुरदेखि पारिजातसम्म सब उताकै विव्दानहरु हुन । तर पनि अहिले उनिहरु किन मरिरहेका छन् ? त्यहाँ ठेला चलाउने मान्छे मरेका छैनन् । सुटेडबुटेड केहि बुझेका मान्छे ड्याङड्याङ गोली खाएर मरिरहेका छन, किन ? यसमा पूँजीवादले व्याख्या गरोस त । पूँजीवाद साम्यवादले त खान लाउन भएपछि त पुग्छ भन्छ त ? पूँजीवाद साम्यवादले त त्यसलाई विश्लेशण गर्न सकेन । उनिहरु अस्तित्वको लागि मरिरहेका छन । हो, यसलाई संघीय सहअस्तित्ववादले मात्रै विश्लेषण गर्नसक्छ । जव रुस र चाइाना भर्खरका राष्ट्रहरु थिए । त्यतिखेर उनिहरु आफना खुट्टामा उभिने कोशिस गर्दै थिए । वेलायत र अमेरीका विकासको चरम चुलीमा पुगेको थियो । आफना सामान बेच्नका लागि बेलायत र अमेरीकाले के हल्ला फिजायो भने फ्रि मार्केट, ओपन मार्केट भन्यो । ए चाइना ए भारत, ए रुस तिमिहरुको ढोका खोल,हाम्रो सामान लैजाऊ, तिमीहरुको सामान पनि लेउ भन्यो ।
हङकङ चाइना के आधारमा एकता भने त्यो कूनै पूँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो । अमेरीकालाई राम्रोसंग थाहा थियो चाइना को सामान अमेरीका गए पनि बिक्दैन भनेर । किनभने क्वालिटी पुग्दैनथ्यो । तर पनि ओपन मार्केट,ओपन मार्केट भन्यो उसले । तर जब चाइनाले सामान उत्पादन गर्न थाल्यो । त्यतिबेला फेरि अमेरीकाले भन्नथाले टम्पले क्लोज,क्लोज । चाइनाको सामानमाथि प्रतिबन्ध लगायो । भनेपछि आफनै देश खतम हुन लाग्दा त पुँजीवाद पनि होइन रहेछ नि । सबभन्दा ठूलो त अस्तित्ववाद रहेछ । सबै विदेशीहरु अमेरीकाबाट भाग भन्दा राष्ट्रपति टम्पका विरोधीहरुले यस्तो कूरा नगरौ, विश्वमा मानवअधिकारवादका कूरा गर्ने अमेरीकाले यसरी अरुलाई भाग भन्न मिल्दैन भन्दा टम्पले भन्यो भने केको इज्जत र बेइजत,यहाँ देश नै खत्तम हुनआटीसके । फस्टमा अमेरीका बच्नुपर्छ । अमेरीकाको अस्तित्व ठूलो कूरा हो भन्यो । दास्रो विश्व यु्द्ध जब हिटलर र जर्मनीले विश्व नै खान आटदाखेरी पुजीवादका एकदम कट्टर र साम्यवादका कट्टर नेताहरु वेलायत अमेरीका र रुस एक ठाउँ भएपछि मात्र त्यो शक्तिलाई ढाल्न सक्यो । त्यहाँ पनि विचार होइन अस्तित्व नै ठूलो कूरा रहेछ । भर्खरै संपूर्ण युरोपियन युनियन बनाउनका लागि बेलायतको ठूलो योगदान रह्यो । तर अन्तिममा बेलायतको नाम नै आउन छोडयो भनेर बेलायत भाग्यो युनियनबाट । देशको अस्तित्व नै ठूलो कूरा हुँदारहेछ त्यहाँ पनि ।दास्रा विश्व युद्धपछि अमेरीका र रुसको एकदम बोलाबोल भएको बेलामा कि रुसको पछि लाग्ने कि अमेरीकाको पछि लाग्नैपर्दाखरी विश्वका नेपाल लगायत युगोस्लाभिया,चाइना भारतका टप नेताहरु १९५५ मा इ्न्डोनसियाको बानदुङमा र १९६१ मा युगोस्लाभियाको बेलग्रेडमा बसेर अमेरीका तिर पनि नलाग्ने र रुस तिर पनि नलाग्ने असंलग्न कतै नलाग्ने ननएलाए्न्स र सहअस्तित्वको सिद्धान्त अगाडी बढाउने भनेर बढाए । त्यसकारण अहिले नेपालको आधिकारीक परराष्ट्र नीति के हो भन्दा त असंलग्नता हो । आधिकारीक परराष्ट्र नीति के हा ? सहअस्तित्ववाद हो । अनि भन्ने असंलग्न यहाँ चहिं पूँजीवाद र साम्यवादको झण्डा बाकेर हुन्छ ? देशको नीति छ एउटा । देशको नीति छ सहअस्तित्ववाद । तर यहाँ लिम्बूवान खम्बूवान कसैको अस्तित्व स्वीकार नगर्ने अनि भारतले पत्याउँछ ? चीनले पत्याउँछ ? हाम्रो विदेश नीति जस्तो छ त्यस्तै हामीले स्वदेश नीति पनि गरौं त अहिलेको नेपाल ठयाक्कै एक घण्टामा यो भन्दा पचास गुणा शक्तिशाली हुन्छ यदि हामीले सहअस्तित्ववाद स्वीकार गर्ने हो भने । जस्तै १९९७ मा हङकङ चाइनामा मिसिन हुने कुरा भयो ।अब हङकङ छ पूँजीवादी चीन छ साम्यवादी के गर्ने ? लडाईं खेल्नु भएन । त्यसपछि दें चाओले एउटा नीति ल्याउनुभयो ।हङकङ सय वर्षसम्म पूँजीवादीमा रहे पनि हामीले स्वीकार गर्नुपर्छ भनेर उहाँले एक देश दुई नीति ल्याउनुभयो । हङकङ र चाइना के आधारमा एकता भयो भने त्यो कूनै पूँजीवाद र साम्यवादको आधारमा हैन । त्यो एउटा सहअस्तित्ववादको आधारमा भयो ।
- संघीय सामूदायिक समाजवाद
हुन त यस विषयमा धेरै पहिलादेखी बहस चलिरहेको छ । संघीय समाजवादी पार्टी पनि छ । तर त्यो भन्दा पहिलादेखि बहस चलिरहेको हो । हामीसंग डकुमेन्ट छ । स्थानीय चुनावमा काठमाण्डौमा हामीले के देख्यौ भने एमालेबाट पनि नेवार कांग्रेसबाट पनि महिला नेवारले जितेको देख्यौ । ताप्लेजुंमा के देख्यौ भने एमालेबाट पनि बाहुन र माओवादीबाट पनि बाहुनले जितेको देख्यौ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा अलग अलग पार्टीबाट भए पनि बाहुनले नै जितेको देख्यौ । लिम्बूहरुको त्यस्तो घना वस्ति भएको ठाउँमा बाहुनले जित्यो । केहि साथीहरुले यसलाई बठ्याई ठान्नुहोला । तर युवा पुस्तामा ए यस्तो पो हँुदोरहेछ राजनीति ठिक छ हेदै जाऔं भन्ने खालको आगो त बल्यो । त्यसकारण संघीय र समानवाद आइसकेपछि पनि समूदाय सूरक्षित नहुने रहेछ । त्यसकारण धिमालको ठाउँमा जति नै समिकरण गर्दा पनि धिमाल जित्ने याम्फुको ठाउँमा याम्फु जित्ने एउटा पदमा चहिं । नेवारका ठाउँमा नेवार जित्ने तर अरु पनि जित्ने ।नेवारको मात्र जित्नु अनि फेरि नेवारले मात्र हार्नु पनि राम्रो होइन । यदि नेवारले यसो गरे भने अर्कोपटक के होला ? सबै गैर नेवारहरुले एउटा समिकरण गर्लानी त । ताप्लेजुङमा सबै बाहुनहरुले एउटा समिकरण गरिदिए अर्कोपटक सबै लिम्बूहरुले फेरि एउटा समिकरण गरिदेला नि त । त्यतिबेला बाहुन त माथिदेखि तलसम्म बढारिन्छ । यो राम्रो चलन हाइन । त्यसकारण यसलाई व्यावस्थापन संघीय सामूदायिक समाजवादको दर्शन चाहिन्छ । हामीले संघीयदेखि सामूदायिकमा फड्को मार्दा समूदायलाई कहिले पनि बिर्सनुहुदैन ।
संघीय इको इकोनोमी
पूँजीवाद र साम्यवादले भन्छ कि उद्योग खोल उद्योग खोल । आज अमेरीका र चाइनामा विश्वकै सबैभन्दा धेरै उद्योगहरु छन । चाइनाको उद्योगबाट पनि कार्वनडाइअक्साइड सिओटु अमेरीकाको उद्योगबाट पनि सिओटु उत्पादन भैरहेको छ । हामी चहि यहाँ पूँजीवाद र साम्यवाद भन्दै बस्ने तर पूँजीवादबाट निस्केको धृवाँ र साम्यवादबाट निस्केको धुँवा दुइटैले पृथ्वी ध्वस्त ध्वस्त गरिरहेका छन । अमेरीका र चाइना चहिं नाफा कमाउदैं खाने अनि त्यसको बेफाइदा हामीले यहाँ भोग्नुपर्ने ? अब यसरी हुदैन । हामीले यी दुइटा दर्शनलाई च्यालेन्ज गर्नुपर्छ । संघीय इको इकोनोमी भनेको अमेरीका र चाइनाले कमाएको पैसाको ५० प्रतिशत हामीले पनि पाउनुपर्छ भन्ने विचार हो । खासगरी नेपाल जस्तो देश । हाम्रो एउटा आशा थियो हिमाल । अहिले हिमाल पग्लीरहेको । अरु जम्मै खोला सुकीगए । आजभन्दा २५ वर्षअघि काठमाण्डौ कस्तो जिउदो थियो । प्रत्येक टालमा ढुंगधारा थियो । त्यो ढुंगेधारा कसरी बनाइयो भन्ने इन्जीनियरीङ थाहै नपाइकन सधैका लागि म¥यो आदिवासी ज्ञान । गाँउमा कुवाहरु सुके । हिमनदिहरु पग्लिदैछन । के कारणले भन्दा चाइना अमेरीका र भारतजस्ता ठूला देशहरुको उद्योगबाट निस्केको ग्याँसका कारणले । अनि हामी उनिहरुकै दर्शनमा कुदिरहने ? के हामी एउटा नयाँ विचार ल्याउन सक्दैनौ ? त्यसकारण हामीलै संघीय इको इकोनोमी भनेका छौ । संघीय इको इकोनोमी भनेको त्यसरी कमाएका नाफा पैसा प्रकृति संरक्षणमा लागु गर्नुपर्छ । खासगरी हाम्रो नेपालजस्तो देशमा भन्ने हो । हामीले अहिले यसबारेमा बहस र छलफल चलाइरहेका छौ । यसमा सबैल बहस र छलफल गरौं ।