एनपी अनलाइन टि भी – को’रोनाको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला अति विपन्न गरिब, मजदुरहरु जसलाई विहान बेलुकाको छाक टार्न मुस्किल परेकोछ । यस्ता गरिब तथा बिपन्न वर्गलाई मध्यनजर गर्दै पुर्वाञ्चल क्रसर उधोगका संचालक,सफल युवा व्यवसायी तथा समाज सेबी सारदा ढकाल द्वारा १ हजार ७ सय ५० केजी चामल, ७० केजी दाल, ३५ लिटर खाने तेल राहत स्वरुप बिपत ब्यबस्थापन समितिका संयोजक तथा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाललाई हस्तान्तरण गर्नु भएको छ । व्यवसायी ढकालको सानै देखि सामाजिक कार्यमा रुचि रहेको र बिगतमा पनि यस्ता कार्यहरुमा सहयोग गर्दै आउनु भएको थियो र आउदो दिनहरुमा पनि निरन्तरता दिने जानकारी गराउनु भयो ।