धरान /पुर्वान्चल बागिना कला केन्द्रले पुर्वान्चल सिङ्गिङ स्टारको र मिस स्टेट वानको अडिसन यहि फागुन १८ गतेदेखि शुरु गरिने भएको छ।
अडिसनबारे बिहिवार पत्रकार सम्मेलन गर्दै अडिसन ओखलढुंगाबाट शुरु गरिने कुरा संयोजक भक्ती राईले जानकारी दिए। सिङ्गिङ स्टारको आठौ सिजन हो भने मिस स्टेट वानको भने तेस्रो सिजन हो।तत्कालीन संरचनाको पुर्वान्चलको बिकट विभिन्न स्थानमा रहेका प्रतिभा भएका तर अवसर नपाएका प्रतिभालाई उजागर गर्ने उद्देश्यले कला केन्द्र स्थापना गरि प्रतियोगीता गराउदै आएको जनाएको छ।२०६९ सालमा स्थापना भएको पुर्वान्चल बागिना कला केन्द्रले `युबा प्रतिभा गायन खोजी अभियान´ भन्ने नाराकासाथ अगाडि बढेसंगै सातौ सिजनको सफलतापछी आठौं सिजनको तयारीमा लागेको हो।
सिङ्गिङ स्टार २०७० को पहिलो उपाधी तेह्रथुमका संगम चोङ्बाङ,दोस्रो सिजनको उपाधी ताप्लेजुङका प्रकृति थलङ,तेस्रो सिजनको उपाधी भोजपुरका शृजना तामाङले जितेका थिए।त्यसैगरी चौथो सिजनको उपाधी तेह्रथुमका दिलेन्बाबु लिम्बू,पाचौ उपाधी भोजपुरका सुमन राई,छैटौ उपाधी सुनसरीका पदम बहादुर मगर र सातौ उपाधी मोरङका सुमित राईले जितिसकेका छन ।
सुन्दरता स्वास्थ्यका लागि स्वास्थ्य जिउका लागि भन्ने नाराकासाथ मिस स्टेट वानको अडिसन गरिने भएको छ।यस अडुसनमा १५ वर्षदेखी २५ वर्ष उमेरका अविवाहित महिलाले भागलिन पाउनेछ।भाषा कला संस्कृति पर्यटन अर्थतन्त्र राजनीतिक सुचित गराउदै कलाको माध्यमबाट राष्ट्र निर्माणका लागि योगदान पुर्याउने उद्देश्यले मिस स्टेटको आयोजना गरिएको जनाएको छ।
सिङ्गिङ स्टारका प्रथम बिजेताले नगद ५० हजार एउटा गित रेकर्ड, एउटा म्युजिक भिडियो,एकवर्षे संगीत कक्षा निशुल्क र एउटा गिटार पाउनेछ।दोस्रो हुनेले २५ हजार नगद,एउटा गीत रेकर्ड,छ महिना संगीत कक्षा र एउटा गिटार पाउनेछ।तेस्रो हुनेले १५ हजार नगद एउटा गीत रेकर्ड,३ महिना संगीत कक्षा एउटा एउटा गिटार पाउनेछ।त्यसैगरी बेस्ट भोकल,बेस्ट डिस्सिप्लिन,बेस्ट पफर्मेन्स,बेस्ट पब्लिक चोइसको अवार्ड पनि दिइने जानकारी दिएको छ।
मिस स्टेट वानले एउटा स्कुटी क्राउन र अवार्ड पाइनेछ।फस्ट रनर अपले ५० हजार नगद क्राउन र अवार्ड पाउनेछ।सेकेन्ड रनर अपले २५ हजार नगद क्राउन र अवार्ड हातपार्ने छ।प्रतियोगितामा मिस ट्यालेन्ट,मिस डिस्सिप्लिन,मिस पब्लिक चोइस,मिस पर्सनालिटी,मिस पङ्चुअल,मिस बेस्ट स्माइल,मिस बेस्ट फिगर,मिस बेस्ट क्याटवाक,मिस चार्मिङ,मिस ब्युटिफुल हेयर,मिस एसएमएस भोटिङ,मिस फोटोगेनिक अवार्ड,मिस एक्टिभ अवार्ड प्रदान गरिने जनाएको छ।
