धरान / धरानका पुर्व मेयर ध्यानबहादुर राईको आज निधन भएको छ।
आफ्नो दाजुको निधन बारे भाइ युबराज राईले सामाजिक सन्जालमा स्टाटस लेख्दै `हे मेरो आदर्श, मेरो कर्मदाता,
महान युद्धमा हारें आज म ।
माफ गरिदिनुस है…´ भनेर लेखेको छ।ध्यानबहादुर राई बिगत एक वर्षदेखि स्क्वामस दुर्लभ क्यान्सरबाट भारतको नयाँ दिल्ली स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेका थिए।त्यसपछि नेपाल मै ल्याएर काठमाडौमा उपचारको क्रममा आज करिब १ बजे दिउँसो निधन भएको हो।ध्यानबहादुर २०४९ सालमा धरान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।