28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारपुर्व मेयर ध्यानबहादुरको निधन प्रती धरानमा शोक बिदा

पुर्व मेयर ध्यानबहादुरको निधन प्रती धरानमा शोक बिदा

धरान / धरान नगरपालिकाको पुर्व मेयर ध्यानबहादुर राईको निधन भएको प्रती धरान उपमहानगरपालिकामा मंगलबार एक दिन शोक बिदा गरिएको छ।

धरान उपमहानगरपालिकाले आज शोक बिदा सम्बन्धि सूचना जारी गरेको छ।सुचनामा २०४६ सालको जन आन्दोलन पश्चात् बहुदलीय ब्याबस्था स्थापना भएपछिको धरान उपमहानगरपालिकाका जन निर्वाचित नगर प्रमुख श्री ध्यानबहादुर राईको क्यान्सर रोगको उपचारको क्रममा २०७६ साल माघ ६ गते सोमबारको दिन असामयिक निधन भएको खबर प्राप्त भएकोले संपुर्ण धरान उपमहानगर परिवारलाई स्तब्ध बनाएको भनिएको छ।

मृतात्माको चिर शान्तिको कामना गर्दै २०७६ साल माघ ७ गते मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरिएको सुचनामा उल्लेख छ।

सुचना अनुसार नगर कार्यपालिकाको कार्यालय,मातहतका कार्यालयहरु साथै सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा शोक बिदा दिएको जनाएको छ।

यसैबीच पुर्व मेयर ध्यानबहादुर राईको निधन प्रति समाजवादी पार्टी धरान उपमहानगर समितिले पनि शोक बक्तब्य जारी गरिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments