धरान/धरानका पुर्व मेयर ध्यानबहादुर राईको सम्मानमा शालिक निर्माण गरिने घोषणा गरिएको छ।
बुधबार गरिएको श्रद्धाञ्जली सभामा ध्यानबहादुर राई बचाउ अभियानमा लागेका पत्रकार महेश श्रेष्ठले ध्यानबहादुरको शालिक निर्माण गरिने घोषणा गरेको हो।सो शालिक सप्तरंगी पार्कमा बनाउने पहिलो प्रस्ताव अगाडि बढाएको जानकारी दिए।महेश श्रेष्ठले घणटघरमा भएको श्रद्धाञ्जली र पुस्तिका १३ दिनसम्म राखिने बताए। सो अवधिभर कुनै संघ संस्थाले समबेदना पत्र श्रद्धाञ्जली पत्र समेत राख्न सकिने भन्दै सो पत्रहरु उहाको परिवारसम्म पुर्याईने ब्याबस्था गरिने बताए।१३ दिनमा बृहत् श्रद्धाञ्जली सभा गरिने बताउदै सोही दिन शालिकको समेत शिलान्यास गरिने महेश श्रेष्ठले जानकारी दिए।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै पुर्व मेयर मेयाङ्बोले धरान भनेर गर्व गर्न लायकको शहर ध्यानबहादुर राइको योगदानले भएको बताए।मेयाङ्बोले आज भन्दा बीस वर्ष अगाडीको धरानको सम्झना गर्ने हो पुरै खन्डहार र ग्राभेल सम्म्को अवस्था नभएको बेला जन आन्दोलपछि निर्वाचित मेयर भएका ध्यानबहादुरको पालामा गरिएको कारण आजको धरान भएको बताए।मेयाङ्बोले ध्यानबहादुरको कार्यकालमा आफू उप मेयर भएर पाँच वर्ष गरेको भन्दै ध्यानबहादुरको पालामा कोरिएका डिजाईनले आफ्नो पाँच वर्षे कार्यकालमा मार्गदर्शक भएको बताए।त्यसैले ध्यानबाहादुरलाई गुरुको रुपमा लिने बताए।उनले ध्यानबहादुर राईको पाँच वर्षे कार्यकाल र आफ्नो पाँच वर्षे कार्यकाल स्वर्णकाल भएको बताए।ध्यानबहादुर स्वयं प्राबिधिक भएकोले धरानको बिकास निर्माणको डिजाइन गरिएकोले सजिलो भएको बताए।
बुधबार भएको श्रद्धाञ्जली कार्यक्रम शिव वान्तवाको संयोजकत्वमा भएको हो।श्रद्धाञ्जली कार्यक्रममा विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेका थिए।