काठमाडौं । सरकारले साउनदेखि पूर्ण लकडाउनको तयारी तयारी थालेको आशंका जन्मिएको छ । कोरोना संक्रमण बढ्दै गएको बिषयमा सरकारले पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल गरिरहेको तथा विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको हो ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो । नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको जानकारहरू बताउछन् ।