
सन्दिप योगी, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनाल,
सांसद महेश बस्नेत र कृष्ण श्रेष्ठ (किसान) विरुद्ध उजुरी दर्ता गरेको छ । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेको थिएन । सांसद डा. सुरेन्द्र यादवले मानव अधिकार आयोगमा समेत उजुरी दर्ता गराइसकेका छन ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको हो ।
अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।