पूर्वमन्त्रि लालबाबु पण्डितको अहिलेको दिनचर्या सामान्य रहेको छ । श्रीमती र एक छोरीसंग डेरामा बस्दै आएका पूर्वमन्त्रि पण्डित अहिले घर कै काममा व्यस्त रहेका छन् ।पण्डित र श्रीमती बिमला महत पण्डितलाई कोटेश्वर स्थित डेरामा घाम ताप्दै गरेको बेला भेटिएका थिए । लालबाबु पण्डित अहिले मन्त्रि पदबाट हटाईए पश्चात प्राय घर कै काममा व्यस्त हुने गरेको बताएका छन् । पार्टीको कामहरु हुँदा पार्टी कार्यालयमा जाने वा कार्यक्रममा जाने गरेको श्रीमती पण्डितले श्रीमानको समय तालिका उल्लेख गरेकी छिन् ।
पार्टीको छलफलमा निम्तो आउँदा जाने गरेको नत्र घर मै अध्ययन गर्दै दिन चर्या बिताउने गरेको श्रीमतीको जिकिर छ ।लालबाबु पण्डित र बिमला महत पण्डितले आफ्नो विवाह र सम्बन्धको विषयमा फुर्सदमा खुलेर बताएका छन् । सामान्य जीवन बिताएको र कुनै ठुलो सपना नरहेकोले यी दुईको विवाह देखि माया प्रेममा राजनीतिले रंगिएको छ । अहिले कलाकारहरु बीच बढ्दै गएको डिभोर्स बारे पण्डित दम्पतिले आफ्नो धारणा समेत सुनाएका छन् । विवाह र सम्बन्ध भनेको धेरै धैर्य गर्नुपर्ने हुँदा अहिलेको पिडि आफ्नो स्वार्थलाई सम्बन्ध जोड्ने देखि तोड्ने गरेकाले अहिले डिभोर्स बढ्दो गरेको पण्डित दम्पतिको बुझाई रहेको छ ।बाकी हेर्नुहोस भिडियोमा: