
काठमाडौं । पूर्वसचिव भीम उपाध्याय बिरुद्ध ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ ।
प्रहरीले उनी माथी साइबर क्राइम सम्बन्धि मुद्दा दायर गरेको हो ।
पूर्वसचिव भीम उपाध्याय बिरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार अदालतमा मुद्दा दायर भएको छ ।
गत बुधबार उपाध्यायलाई ललितपुर कुसुन्तीस्थित उनकै निवासबाटै पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
बुधबारै पक्राउ परेका उपाध्यायलाई आइतबार जिल्ला अदालत लगिएको थियो ।