22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियपूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ विरुद्ध अपहरण...

पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ विरुद्ध अपहरण मुद्दा दर्ता गर्न प्रहरी परिसर पुगे नेताहरु

काठमाडौँ । जनता समाजवादीका नेताहरु महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता गर्न उक्त पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

उनीहरुले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाउँदै आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments