काठमाण्डौँ–पूर्व-प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्।शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा आफ्नो धारणा राख्दै भट्टराईले नैतिकताका आधारमा राजीनामा दिएर आराम गर्न आग्रह गरेका छन्।प्रधानमन्त्रीका पछिल्ला गतिधि लोकतन्त्र विरोधी र नैतिकतामाथि प्रश्न उठ्ने खालका भएकाले राजीनामा दिनु उपयुक्त हुने भट्टराईको सुझाव छ,रोगले जीर्ण भएको शरीरलाई आराम दिनुहोस्रा,जीनामा दिनुहोस्,अनि तपाईंले पाएको उचाइ जोगिन्छ।देशले पनि निकास पाउँछ।भट्टराईले नेकपालाई संकेत गर्दै भनेका छन्,कोही पनि पूर्व प्रधानमन्त्रीहरु फेरि प्रधानमन्त्रीको आकांक्षी बन्न नहुने समेत बताएका छन्।हामी पूर्व-प्रधानमन्त्रीहरु कोही पनि आकांक्षा नदेखाऊन समेत अनुरोध गरेका छन्।६५ वर्ष उमेर कटेकाले पुस्तान्तरण गरौं।यसले नै देशलाई विकासमा पुर्याउँछ,भट्टराईको तर्क छ।बाबुरामले आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवलको अपहरण प्रधानमन्त्रीकै संरक्षणमा भएको आरोप लगाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।अपहरणको उजुरी नलिन राज्यका संयन्त्रलाई आतंकित पाएको आरोप लगाए।भट्टराईले भने अपहरणको उजुरी लिएर म आफैं जाँदा पनि दर्ता भएन।किन गर्नुहुन्न भन्दा गर्दिन कानुन बमोजम गर्नुहोस् भन्ने जवाफ आउँछ।यसले राज्य संयन्त्रलाई कति आतंकति पारेको रहेको प्रष्ट भयो।भट्टराईले कोरोनाबाट दोस्रो विश्वयुद्ध पछिकै ठूलो क्षति पुगेको दाबी गर्दै अर्थतन्त्र जोगाउन ठोस योजना ल्याउन सुझाव दिए।अबको अर्थतन्त्र दोस्रो विश्वयुद्ध पछिको ठूलो संकट आएको छ।बेलायतमा ३ सय वर्ष यताकै अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ।यो अधिवेशनमा खिचातानी नगरौं।एमसिसी पास भएको छैन। कालापानी मिचेर मार्ग खोल्ने काम भएको छ।बाबुरामले यस्ता विषयमा एउटै आवाज बोद्यनु पर्ने बताएका छन्। भट्टराईले अब एसईई परीक्षा लिन आवश्यक नभएको उल्लेख गर्दै माध्यामक तह कक्षा १२ सम्म पुर्याएकाले विद्यार्थीलाई तनाव दिने गरी एसईईको परीक्षा लिनु उचित नहुने भट्टराईको तर्क छ।