काठमाण्डौं-काठमाण्डौंको पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।र्यापिड टेस्ट मार्फत कोरोना पोजिटिभ देखिएका ३ जनामध्ये २ जनाको पीसीआर मार्फत पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।३ जना मध्ये एक जनाको रिपोर्ट भने आउन बाँकी छ।अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा,छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखाएको थियो।परिवारका ३ जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।उनीहरु चैत्र ५ गते लण्डनवाट फर्किएको बताइएको छ।तीन जनालाई संक्रमणको आशंका गरेपछि अपार्टमेन्ट सिल गरिएको छ।प्रहरीले उक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई घर भित्रै रहन आग्रह समेत गरिएको छ
पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
RELATED ARTICLES