26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराष्ट्रियपेस्तोल सहित २ जना पक्राउ

पेस्तोल सहित २ जना पक्राउ

काठमाडौं । लकडाउनको बेला प्रेस लेखेको बाइकमा हातहतियारसहित हिँड्ने २ जना पक्राउ परेका छन् ।

सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बीआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।

सोही गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

यसअघि पनि उनीहरू चोरीको मुद्दामा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए। उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments