निमा पोङ्स्युवा
धरान / संखुवासभा खराङ बस्ने लक्ष्मी राई र गंगा राई काठमाडौबाट धरान आईपुगेका छ्न।उनिहरु पैदल हिडेरै भए पनि घर पुग्ने लक्ष्यले हिडेका थिए।तर प्रहरीको सहयोगमा कलंकी हुँदै धरान धनकुटा गएको छ।
उनिहरु हिजो काठमाडौबाट ट्रकमा चढेर बिच बिचमा गाडी फेर्दै आज धरानमा आईपुगेको हो। करिब दिउसो आईपुगेका थिए । उनिहरुलाई प्रहरीले कलंकीसम्म पठाएको बताए।त्यहाँबाट पथलैयासम्म ट्रकमा आएको त्यहाँबाट रौतहट चन्द्रनिगाहपुरमा अर्को गाडिमा आएको त्यहाँबाट फेर्दै आएको बताए । इनरुवा आएपछि सबै नाम ठेगाना टिपेर राखेको राईले जानकारी दिए। त्यहाँ ज्वरो नापेर एउटा पुर्जा दिएर पठाएको छ।तर पुर्जामा भने एउटा मोबाइल नम्बर लेखिएको छ। बाटोमा सजिलो हुन्छ भनेर दिएको लक्ष्मी राईले बताए।
धरानको भानुचोक आएका दुबै जनालाई त्यहाँ खटिएका प्रहरी असई हर्कबहादुर राईको टोलिले गाडी रोकेर धनकुटासम्म उद्दार गरेर पठाएको छ।उनको श्रीमान गंगा राई केही वर्ष अघिदेखी स्वयम्भू ठूलो भर्याङ बसेर लेबर काम गर्दै आएका थिए। गत फागुनमा तीन जना छोराछोरी घरमा नै राखेर काठमाडौ भेटघाट गएको बेला कोरोनाबाट वचन सरकारले गरेको लकडाउनमा परेको बताए।यस अघि दुई दिन सवारी खुल्ने हल्ला चलेको भन्दै धरानसम्मको लागि एक जनाको सात हजार रुपैया मागेको बताए।लामो समय थुनेपछी छोराछोरी बेहाल हुने भएकोले हिडेरै फर्किने तयारी गरेको लक्ष्मी राईले बताए ।