निमा पोङ्स्युवा
नडाहा (बराहक्षेत्र ) /करिब चार महिना अघि आगोले पोलेको घाउमा डाक्टरले छाला टाल्नुपर्छ भनेपछि आर्थिक अभावमा थप उपचार हुन नसक्दा सहयोगको याचना गरेको छ।
बराह नगरपालिका वडा नम्बर ५ सुनसरी स्थित सिमरबन चौकमा बस्दै आएका उमेश बिक र लक्ष्मी बिकका ५ वर्षको छोरी देबि बिकको घरमा गत माघ २२ गते आगोले पोलेको छ। शरीरको अगाडि छाती र पेटमा पोलेपछी बिराटनगर स्थित म्याक्स अस्पतालमा उपचार गरिएका थिए।२७ दिनको लामो उपचारमा करिब एक लाख पचास सकिएको कुरा देबिका आमा लक्ष्मि बराइलिले बताए।आर्थिक अवस्था कमजोर भएकोले त्यहाँ उपचार गर्ने पनि छर छिमेक इष्टमित्रले सरसहयोबाट भएको उनले बताए।उनले दलित बिकास समिति नगरपालिकामा सहयोग माग्दा बराह नगरपालिकाके दुई हजार दिएको बताए।तर यतिले मात्र घाउ निको हुने कुरा भएन। थप उपचारको लागि छाला टाल्नुपर्ने ( स्किन ग्राफ्टिङ) डाक्टरले सुझाब दिएपछि थप समस्यामा परेको आमा लक्ष्मी बराईलिले बताए ।उनले भने-` छाला टाल्न मात्र ५० हजार लाग्छ ।´त्यसपछि आइसियुको शुल्क दबाईको छुट्टै पैसा लाग्ने कुरा डाक्टरले भनेको बताए।थप आर्थिक सहयोग जुटाउन संचार माध्यमको सहयोग अपेक्षा गरेपछि बिरामीको अवस्था बुझ्न उनका निबास नडाहामा संचारकर्मी पुगेको हो। हाल उनी जेठाजुको घरमा बस्दै आएको छ।यस अघि पनि भाडमा बस्दै आएको माटोको भुईमा बस्दा घाउमा थप समस्या भएपछि जेठाजुको अर्घ्पक्की घरमा बस्दा घाउमा केही राहत भएको लक्ष्मी बराइलिले बताए। श्रीमान सामान्य लेबर गर्ने आफ्ना घरसमेत नभएकोले बच्चाको उपचारमा समस्या भएको बताए । छाला टालेन भने घाउ भित्रभित्रै गाडिएर जाने र थप संक्रमण भएर जटिलता हुने भएकोले छिटोभन्दा छिटो छाला टाल्न डाक्टरले भनेको बताए।बच्चालाई आफ्नै शरीरको छालले नभएपछि माछाको छालाले टाल्नुपर्छ भन्ने सल्लाह डाक्टरले दिएको बताए।
अब उपचार गर्ने कुनै आधार नभएको भन्दै छाला टाल्न सबैमा आर्थिक सहयोगको माग गरेको छ। हाल दिन बिराएर बराह स्वास्थ्य चौकीमा ड्रेसिङ्ग गरिरहेको बताए। यसअघि बराह नगर अस्पतालमा ड्रेसिङ गर्न जाँदा अकास्मात खुन बगेकोले त्यहा अवदेखि नल्याउन भनेको बताए।त्यहा ड्रेसिङ गर्दा हरेक पटक ५१५ रुपैयाँ लागेको बताए।त्यहाँ डेढ महिना जति उपचार अरेको बताए ।
छाला टाल्नको लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक संघसंस्था ब्यक्तिले देबि बराईलिको बुबा उमेश बिकको ९८१९००६२३५ मा सम्पर्क गर्नसक्नुहुनेछ।