– निमा पोङ्स्युवा
धरान / कोरोनाले विश्वभर नै संत्रास फैलाईरहेको बेला धरानमा बिपन्न बर्गमा खाद्य अभाव सिर्जना भएको भन्दै फुड बैंक तथा राहत कोष स्थापना गरेको छ ।
मंगलबार फुड बैंक र राहत कोषमा धरान हिसान र प्याब्सनले राहत हस्तान्तरण गरेको छ। प्याब्सनले धरान उपमहानगरपालिकामा १ लाख ५ हजारको नगद तथा चेक हस्तान्तरण गरेको छ।राहत कोषमा उक्त चेक ब्याप्सन धरानका अध्यक्ष राजकुमार लिम्बुले मेयर तिलक राईलाई हस्तान्तरण गरेको हो।अध्यक्ष लिम्बूले आगामी दिनमा समेत सहयोग गर्ने बाँचा गर्ने गरे।
त्यसैगरी मंगलबार नै उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसानले पनि फुड बैंकमा राहत उपलब्ध गराएको छ। हिसानका केन्द्रिय सचीव सागर भट्टराई सहितको समुहले २५ सय किलो चामल उपलब्ध गराएको छ। फुड बैंक रहेको सभागृहमा धरानका मेयर तिलक राई र उप मेयर मन्जु भण्डारीलाई हस्तान्तरण गरेको छ ।