चैत २२, २०७६- सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरस (कोभिड–१९)को सक्रमण नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तत्पर भएको जनाएको छ।महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका हुन्।विज्ञप्तिमा सरकारलाई १६ बुदे सुझाव दिँदै आफ्नो पार्टीले गर्ने ६ बुदे कामको सूची पनि उल्लेख गरिएको छ।विज्ञप्तिमा कोरोना भाइरसको सक्रमण फैँलदा पनि सरकारी पक्षबाट पहल नलिइएको,समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा समस्या आएको भन्दै आपति जनाएका छन्।कोरोनाको सक्रमणसँगै आवश्यक औजार-उपकरण खरिद प्रक्रिया सुरु गरिएको तर काम समयमा नभएको र गरिएको काम पनि कमिसन,घुसखोरी,नाफाखोरी गर्न खोजिएको महासचिव विप्लवको आरोप छ।निजी अस्पतालले बिमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता नदेखिएको उनको ठहर छ।बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि सरकार आफै भ्रष्टाचारमा लिप्त देखियो आरोप समेत लगाएका छन् ।
चीनको वुहान शहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि यसको रोकथामका लागि पहल गर्न सकिने सम्भावना भएको बताए।तर पूँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही,जन अनुत्तरदायी,अहंकारी,मुनाफावादी प्रवृतिका कारण त्यहाँका जनताले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था पैदा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।साथै नेपालको सामाजिक दलाल पूँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलालली प्रवृतिका कारण प्रयाप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकले विविध खालका समस्या भोग्नु परिरहेको बताएका छन्।त्यस्तै विज्ञप्तिमा अन्तर्राष्ट्रिय उडान नरोक्दा र परीक्षण नगर्दा अहिलेको समस्या आएको उल्लेख गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य भएको समेत आरोप विज्ञप्ति मार्फत उल्लेख गरिएको छ
।