30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराजनीतिप्रदेश १ लिम्बुवान किरात

प्रदेश १ लिम्बुवान किरात

धरान /प्रदेशको नामहरु एकपछी अर्को नदिनालाको नामबाट राख्दै आएपछि प्रदेश एकको नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ।

सत्तारुढ दल नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा समेतको संयुक्त सहभागी रहेको लिम्बुवान संयुक्त संघर्ष समितिको घोषणा गर्दै प्रदेश १ लिम्बुवान किरात हुनुपर्ने माग गरिएको छ।समाजावादी पार्टी, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौंको कार्यालय बालकुमारीमा माघ १५ गते समितिको बैठक पछि साझा धारणा सार्वजनिक गरेको हो ।

साझा धारणामा संघर्ष समितिका १० घटक संगठनहरुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन ।जसमा नेकपा(नेकपा) सम्बद्ध, लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालका संयोजक मुक्सामहाङ मेन्याङ्बो, समाजबादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, संघीय लिम्वुनान पार्टी नेपालका कोषाध्यक्ष एलवी पालुङ्वा, नेपाली काँग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तमसिंह थाङ्देन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वेनम, याक्थुङ युवा मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङ, लिम्बु विद्यार्थी मञ्चकी अध्यक्ष दीपा लक्सम, लिम्ुवान स्प्रीङ आन्दोलनका अभियन्ता टंक सेलिङ र याक्थुङ लेखक संघका प्रतिनिधि रोहित आङ्बोले हस्ताक्षर गरेका छन् ।

बिज्ञप्तिमा प्रदेश १ को अधिवेशन शुरुहुन गैरहेको समय र सन्दर्भमा उपरोक्त धारणालाई पुनः दोहोर्‍याउदै सम्मानित प्रदेश सभा,समानित प्रदेश सभा सदस्यहरू,प्रदेश सरकार,राजनीतिक दलहरुलाई माग सम्बोधनको लागि हार्दिक अपिल गर्दछौ भनिएको छ।बिज्ञाप्तिमा वर्तमान प्रदेश १ को भौगोलिक,सामाजिक,सांस्कृतिक,ऐतिहासिक एबम पहिचानको आधारमा लिम्बुवान स्वायत्त प्रदेश प्राप्तिको लागि उठेका पटकपटकको राजनीतिक आन्दोलनहरु बिगतमा नेपाल सरकारसंग भएका सहमतिहरु सात सालको क्रान्ति,जनयुद्ध,जन आन्दोलन,मधेस आन्दोलन,आदिवासी जनजाति आन्दोलन,लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा पहिचानको आधारमा `लिम्बुवान किरात´नाम राख्नुपर्दछ भन्ने धारणा रहेको उल्लेख छ।

कर्णाली सुदुरपश्चिम गण्डकी बागमती नामाकरण गरेपछि प्रदेश १ को नाम कोशी हुने करिब करिब निश्चित भैसकेको कुरा बाहिर आएपछि पहिचानको आधारमा प्रदेश १ को नामा लिम्बुवान किरात हुनुपर्छ भनेर साझा अवधारणा अगाडि सारिएको हो।

यस बिषयमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका संयोजक मुक्सामहाङ मेन्याङ्बोसंग प्रतिक्रिया लिएका छौ। उनले हाललाई १० घटकले धारणा अगाडि सारिएको बताए।मुक्साम्हाङले यहि १९ गते इटहरीमा किरात राई याओक्खा,खम्बुवान लगायत सामाजिक संघ संस्था  तथा राजनीतिक दलसँग थप छलफल गर्ने तयारी भएको बताए।यायोक्खा लिम्बुवान शब्द सुन्न नचाहिरहेको अवस्थामा कसरी साझा अवधारणा बन्छ भने प्रश्नमा -`बुधबार नै यायोक्क्खाको अध्यक्षसंग भेट भएको छ यस बिषयमा सकारात्मक छ साझा पहिचान पक्षधर एकमत भएर अगाडि जानुको बिकल्प छैन ।´नेकपाले कोशी नामाकरण गर्ने तयारी अघिल्लो वर्ष तयार गरेको केन्द्रबाट हस्तक्षेप भैरहेकोमा कसरी लिम्बुवान किरात हुन्छ भन्ने सवालमा मेन्याङ्बोले माथिबाट लाद्नु भनेको जनतामा कुठाराघात गर्नु हो भने।प्रदेश ३ बागमती नामाकरण गर्न नेकपाको सचिबालय बैठले नै निर्णय गरेको अवस्थामा प्रदेश १ मा कोशी भनेर कुरा सार्वजनिक भएको बिषयमा मेन्याङ्बोले त्यो निर्णय गलत भएको र पार्टी भित्र पनि बिरोध भैरहेको जनाए।जस्का लागि नेकपा सम्बद्ध आदिवासी जनजाति महासंघले पनि बिरोध र फरक मत पार्टीमा राखेको बताए।प्रदेश संसदले कोशी नामाकरणमा दुईतिहाई भएको खण्डमा के हुन्छ भन्ने सवालमा कोशी बनाउने भन्ने नभएको जिकिर गरे।जनताको चाहाना भावना कोशी नभएकोले संसदबाट त्यसो नहुने जिकिर गरे।प्रदेश १ का केही मन्त्री र सांसदले कोशिको पछि किरातसम्म जोडिनसक्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको छ कोशिपछी किरात राख्दा लिम्बुवान भन्नेको बिरोध हुने हुँदा लिम्बुवान किरात नझुन्ड्याई कोशी मात्र नै हुने त होइन भन्ने सवालमा कोशी भयो भने चही बिरोध हुने बताए।जनताको भावनालाई कदर गर्न पहिचान हुनुपर्छ भन्ने बताए।पहिचानको लागि एकले अर्कालाई नकार्न नहुने बताए।यसरी लिम्बुवान किरातको नामाकरणलाई अगाडि सार्दा नेकपाले कार्वाही गर्दैन भन्ने सवालमा मेन्याङ्बोले पार्टीले कार्वाही गर्छ भन्ने कुरै नहुने बताए।पार्टी भित्र छलफल बहस हुने बताए।प्रदेश १ को नाम के राख्ने भन्ने निर्णय पार्टीमा नभएको दाबी गरे।पार्टीले कार्वाही गर्ने कुनै आधार नभएको बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्छ लिम्बुवानका अध्यक्ष कुमार लिङ्देअन मिराकले १० घटकको साझा अवधारणाले सकारात्मक रुप लिएको प्रतिक्रिया दिदै सबैको चाहाना भावना एक भएको बताउदै आफू आशाबादी रहेको बताए।प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्छ भनेर जनताको नजरमा ढाकछोप गर्न खोजेको त होइन भन्ने सवालमा मिराकले आफुहरु त यसैको लागि लडिरहेको बताए।यसअघि चुम्लुङ र यायोखा बस्दा यायोक्खा लिम्बुवान भन्ने शब्द सुन्न नचाहिरहेको अवस्थामा आफ्नो भुमिका के हुनसक्छ भन्ने सवालमा यायोक्खालाई बैठकमा बसेर साझा अवधारणा अगाडि लान अनुरोध गरिएको र माघ १९ गते यायोखा खम्बुवान सहित बैठक बस्ने बताए।एकजमानामा किरात होलाकी भन्ने भए पनि परिस्थिति यस्को बिपरित रहेको बताए।लिम्बुवान किरात नामाकरणमा चुम्लुङ यायोक्खा र १० घटकले दवाब दिदैमा लिम्बुवान किरात कसरी हुन्छ जबकी सांसदको अनुहार राइलिम्बु भए पनि सामाजिक संस्थाबाट प्रतिनिधि नभै पार्टीको प्रतिनिधि भएकोले सांसदलाई कसरी दवाब पुग्छ भन्ने सवालमा कुमार लिङ्देन मिराकले राजनितिक पार्टी पनि जनताकै पार्टी भएको जवाफ दिए।प्रदेश ३ बागमती  नामाकरण गर्दा नेवा ताम्सालिङको दवाब दिदा किन जनताको पार्टी भएन त्यहाँ आदिवासीको अनुहार थिएनर लत्याएको हो भन्ने सवालमा  नभएको होइन थिए सबै मरेरै गए त के गर्ने भनेर आक्रोश पोख्दै प्रदेश नम्बर १ मा तेस्तो नहुने दाबी गर्दै तेति सजिलो नभएको जिकिर गरे।जस्कालागि आन्दोलन चर्किने उद्घोष गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments