27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराष्ट्रियप्रदेश २ सरकारले रक्सी सेवन गरेर मृत्यु भएका प्रति परिवारलाई १-१ लाख...

प्रदेश २ सरकारले रक्सी सेवन गरेर मृत्यु भएका प्रति परिवारलाई १-१ लाख दिने घोषणाप्रति मदिरा सेवनलाई प्रोत्साहन गरेको भन्दै चौतर्फी आलोचना

काठमाण्डौं-प्रदेश २ सरकारले महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका प्रतिपरिवारलाई१-१ लाख दिने घोषणा गरेको छ।पीडित परिवारलाई किरिया खर्चबापत प्रतिपरिवार १-१ लाख दिने घोषणा गरेसंगै यसको चौतर्फी रुपमा आलोचना भएको हो।सामाजिक सञ्जालमा सयौं मानिसहरुले प्रदेश सरकारको कामको विरोध गर्दै आएका छन्।जिल्ला समन्वय समिति धनुषाका उपसभापति दिपक झाकोले यस विषयमा मुख्यमन्त्री लालबाबु राउतले एक-तर्फी रुपमा घोषणा गरेको दावी गरेका छन्।एक त खुल्ला मदिरा मुक्त प्रदेश,अर्कोतर्फ मदिरा सेवनलाई प्रोत्साहन दिने उद्देश्यले राहत वितरण गरेको र यो न्यायोचित नभएको बताएका छन्।उप-सभापति दिपक झाकोले प्रदेश २ सरकारले दिने घोषणा गरेको क्षति-पूर्तिप्रति व्यंग्य गर्दै मदिरा लगायत अन्य कारणले मृत्यु भए कति कति रकम पाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममै छुट्याउन आग्रह समेत गरेका छन्।यस्तो कार्यले बजेटको दुरुपयोगबाहेक अरु केही नहुने दिपक झाको तर्क छ।चेम्बर अफ कर्मस जनकपुर धामका अध्यक्ष विजय कुमार साहले भने सत्ता,भत्ता,कमिसनखोरी,यशो-आराम,नाताबाद,कृपाबाद,अनावश्यक बिदा दिने प्रमुख काम नै प्रदेश २ सरकारको भएको आरोप समेत लगाएका छन्।गरीबलाई कुनै मद्दत दिने सरकार बिना नीतिको चलिरहेको झाको आरोप छ।

अर्का सामाजिक संजाल प्रयोगकर्ता मनोज कुमार पूर्वेले गल्ती गर्नेको आत्मबल बढाउने काम नगर्न आग्रह गरेका छन्। ुगल्ती गर्नेलाई सजाय हुनुपर्छ नकि पुरस्कार यसले गलत गर्नेलाई आत्मबल बढाउने उनको तर्क छ।समाजिक कार्यकर्ता अमित झाले भोटको राजनीतिलाई जीवित राख्न यस्तो प्रकारको कार्य गरेको आरोप छ।पत्रकार शैलेन्द्र महतोले सरकारले एउटा नीति नै बनाओस रक्सी खाएर मर्नेलाई १ देखि १० लाख रुपैयाँ राहत र शहीद घोषणा गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन।घरेलु मदिरा उत्पादन र बिक्री वितरण निषेध गर्ने हैयसित छैन यिनीहरूसँग।केवल जनताको करबाट मनपरी दारू खाएर मर्नेलाई प्रोत्साहन गर्ने र भोट-बैंकको राजनीति गर्ने क्षमता छु उनको आरोप रहेको छ।गरिबी,भोकमरी र उपचार अभावले मृत्यु हुनेका परिवारलाई राहत नदिने प्रदेश सरकार रक्सी खाएर मरेका परिवारलाई राहत दिएको भन्दै प्रदेश सरकारको आलोचना भएको छ।महोत्तरीमा मृत्यु भएका १२ जनामध्ये १० जनाको विषाक्ता मदिरा सेवनले र १ जनाको औलोको कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ।पहिलो पटक मृत्यु भएका अर्का १ जनाको भने पोस्टर्माटम रिपोर्ट आउन बाँकी छ।इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पोखरेलको टोलीले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार कारोना भाइरसले कसैको मृत्यु नभएको जनाएको छ।कोरोनाको कारण भटा भट मानिसहरूको मृत्यु भएको आशंकामा महोत्तरीमा त्रास फैलिएको थियो।वैशाख १० गतेयता महोत्तरीको बर्दिबास नगरपालिका१२ का ४ जना र भंगहा नगरपालिका ६,७ मा ८ जना गरी १२ जनाको मृत्यु भएको थियो।स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र कुमार झाले भने।मृतकको घरघरमा पुगियो।त्यहाँको अवस्था हृदयविदारक थियो। धेरै कठिनाइले हामीले प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेका हौं।डा.अमृतले भने, मृत्यु भएका सबैको पोस्टमार्टम गर्न सकिएको छैन।परीक्षण गरिएको २ जनाको श्वासको रिपोर्टले कोरोना नभएको पुष्टि भएको छ।पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको थप कारण खुल्ने उनले तर्क छ। त्यस्ते ‘परिवारजन,मृत्यु भएकाहरू संगसगै रक्सी खाएकाहरू तथा मृतकको पृष्ठ भूमी केलाउँदा मृत्युको कारण विषात मदिरा रहेको हामीले फेला परेका छौं।घटनाको अध्ययन गरिरहेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानका सह(प्रध्यापक डा। खेमराज शर्माले भने, मृतकहरूले कुन ठाउँको रक्सी भट्टीमा मदिरा खाएका थिए भन्ने कुराको अझै खुलेको छैन।त्यस भट्टीको मदिरा खाएर अरू पनि बिरामी परेका हुन सक्छन्।सोहि कारण रक्सी भट्टीको श्रोत पत्ता लगाउनु र हालै क(कसले लोकल मदिरा खाएको भन्ने कुरा खोजविन गर्न जरुरी छ।प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले तत्कालै पीडित परिवारलाई घोषणा गरिएको रकम दिइने बताए।समाजिक विकास मन्त्री नवल किशोर साह,प्रदेश सभा सदस्य सारदा देवी थापा,सुरिता साह,जैलुन राइन पनि पीडित परिवारलाई शान्तावना दिन महोत्तरीको भंगहामा समेत पुगेका हुन्।
प्रकाशित मिति:मंगलबार-वैशाख-२३-२०७७

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments