काठमाण्डौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले शेरबहादुर देउवाले सांसद अपहरणमा सरकार नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ।कांग्रेसका सभापति देउवाले सत्य तथ्य र निष्पक्ष छानविन गरी तत्काल दोषीलाई कानूनी दायरमा ल्याउन माग गर्नु भएको छ।आजबाट सुरु भएको बजेट अधिवेशनमा बोल्दै देउवाले सरकारको आलोचना गर्नु भएको हो।सरकार नै अपराधिक गतिविधिमा लागेको आरोप लगाउँदै देउवाले सरकारले नैतिक आधार गुमाएको टिप्पणी समेत गर्नुभयो।प्रतिनिधि सभाको बैठकमा सरकारले निम्न वर्गीमा रहेकालाई राहत नदिएको उहाँको आरोप थियो।उहाँले सरकारले राहत पनि नदिएको र श्रमिकलाई घर जान पनि नदिएको आरोप लगाउनु भयो।कांग्रेसले कोरोना रोकथाममा सरकारलाई हरसम्भव सहयोग गरेको सभापति देउवाको तर्क छ।