काठमाण्डौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका ओलीले आफू निकट सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेको ओली निकट एक सांसदले बताएका छन्। प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै ती सांसदले भने तपाईंहरूले थाहा पाइराख्नुभएको छ।अहिले मेरो विरुद्ध जे जति चलखेल भइरहेका छन्,त्यसका विरुद्धमा अडिग भएर लाग्छु।तपाईंहरूले पनि सल्लाह र सुझाव दिनुहोस्।प्रधानमन्त्री ओलीले आफू दुवै पदबाट राजीनामा नदिने भन्दै अन्यलाई पनि आ आफ्नो ठाउँमा उभिन भनेको सहभागी एक सांसदले जानकारी दिएका छन्।ओलीले प्रचण्ड र माधव नेपालतर्फ सङ्केत गर्दै भनेको बताउँदै ती सांसदले भने उहाँहरूले त पहिलादेखि नै जालझेल गरिरहनुभएको थियो।तर नसकेर अहिलेसम्म बस्नुभएको हो।अहिले उहाँहरू पनि कम्मर कसेर लाग्नुभएको छ।तर म भने अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन्नँ,जस्तो अवस्था आउला,सामना गर्नेछु।माधव कुमार नेपाल समूहले हस्ताक्षर क्याम्पियन समेत चलाएका छन्।पार्टी एकता गरेको देश बनाउन हो।देशमा समृद्धि ल्याउन हो।पार्टी फुटाउन होइन।तर कसैले प्रधानमन्त्री बन्न नपाएको,कसैले अध्यक्ष बन्न पाएनन् भनेर यो पार्टी विभाजन हुँदैन भन्दै सांसदलाई ब्रिफिङ गरेको अर्का सांसदले समेत बताएका छन्। सांसदले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने पार्टी फुटाउन होइन,विकास र समृद्धिको सपना देखेर एकता गरेको हो,कसैले पद नपाएको भन्दै,अहिले बखेडा निकालेका छन्,जसको हामी सबैले सामना गर्नुपर्छ।
प्रधानमन्त्री केपीशर्मा ओली निकट सांसदको छलफलमा मन्त्री लेखराज भट्ट पनि सहभागी भएका थिए।तर सबै सांसदले २ देखि ५ मिनेट बोलेका ती सांसदले बताएका छन्।सबै सांसदले आफूहरू एकताको पक्षमा रहेको र उनलाई सहयोग गर्ने बचन दिएको ती सांसदको भनाइ छ।विश्व महामारीको समयमा पनि देशलाई अस्थिरतातर्फ धकेल्न प्रचण्ड–नेपालहरू लागेको आफू निकट सांसदलाई ओलीले बताएका थिए।पछिल्लो समयमा भैँसेपाटी गठबन्धनबाट घेराबन्दी हुन थालेपछि ओली पनि आफू पछि नहट्ने आफू निकट सांसदलाई बताएका थिए।भैँसेपाटी गठबन्धनका कारण ओलीले आफू निकट सुवास नेम्वाङलाई सभामुख बनाउन पाएनन्।अहिले भने ओली जस्तो अवस्था आए पनि पछाडि नहट्ने बताउन थालेका छन्।हिजो सोमबार ओलीले साँझ ५ बजे आफू निकट सांसदहरूलाई बोलाएर छलफल समेत गरेका थिए। उक्त छलफलमा मन्त्री भट्टले पनि बोलेका थिए।भट्टको भनाइ उद्धृत गर्दै एक सहभागी सांसदले भने पार्टी-सरकार विधिबाट चल्नुपर्छ।तर विधिबाट चल्नुपर्छ भन्नेले आफूले पनि विधि मान्नुपर्छ।उहाँहरूले विधि नमान्दा पनि हुने तर तपाईंलाई मात्र अर्ति उपदेश दिने प्रवृत्ति ठीक भएन।तपाईं आफ्नो तरिकाले चल्नुहोस्,हामी तपाईंको साथ छौँ।पछिल्लो समय नेकपामा सत्तादेखि पार्टीसम्म नेतृत्व परिवर्तनको अभ्यास भइरहेको छ।नेकपा एकता भएको २ वर्ष आउँदो ३ जेठमा पुग्ने छ।तर २ वर्ष पूरा नहुँदै नेकपामा विवाद चुलिएको छ।विवाद चुलिएपछि नेताहरू गुटका बैठक र छलफलमा व्यस्त छन्।हिजो मात्र नेताहरू दिनभर एकआपसमा छलफलमा व्यस्त थिए।बिहान बालुवाटारमा ओली र माधव नेपालकावीचमा बैठक भएको थियो भने फेरी दिउँसो नेपाल निवास कोटेश्वरमा ओली–नेपाल समूहबीच छलफल भयो। फेरी राती प्रचण्ड निवास खुमलटारमा भने नेपाल र प्रचण्डबीचमा पनि छलफल भएको थियो।आज बिहान प्रचण्ड–नेपाल छलफल भएको थियो भने फेरीनेकपामा उत्पन्न विवाद समाधानका लागि मगंलबार वार्तामा बसेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड करिब साढे २ घण्टापछि निष्कर्ष बिहिन भएर बालुवाटारबाट छुट्टिएका छन्।
प्रकाशित मिति:मंगलबार वैशाख-१६-२०७७