26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराजनीतिप्रधानमन्त्री ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन नगर्ने पक्षमा रणनीति बनाउदै

प्रधानमन्त्री ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन नगर्ने पक्षमा रणनीति बनाउदै


काठमाण्डौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक छलफल गर्नुपर्ने कारण देखाउँदै सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक एक घण्टा पर सारेका छन्।ओलीले शनिबार अपराह्न ४ बजे निर्धारित बैठक साँझ साढे ५ बजेका लागि सारेका हुन्।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई बैठक सारेको जानकारी आएको तर कारण विषय बारे नखुलाइएको बताएका छन्।शनिबारको सचिवालय बैठकमा असन्तुष्ट नेताहरुले प्रधानमन्त्री एवं पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले आफ्ना उत्तराधिकारीका रुपमा नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्दै गरेको प्रस्ताव ‘माइन्यूट गर्नका लागि दबाब दिने बुझिएको छ।३ दिन अघि वैशाख १७ गते भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संकटपछि आफूले राजीनामा दिने र नेता गौतमलाई चुनाव लडाएर या संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।ओलीले अर्का असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि बैठकमा राखेका थिए।प्रधानमन्त्री ओलीको यो प्रस्ताव नेता नेपालले भने अस्वीकार गर्ने बुझिएको छ।शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा समेत दबाब दिने रणनीतिमा असन्तुष्ट नेताहरु छन्।प्रधानमन्त्री ओलीको प्रस्तावको विश्लेषण र निष्कर्षका लागि ओलीसँग असन्तुष्ट नेताहरु पछिल्लो तीन दिन लगातार एकआपसमा र आआफ्ना समूहमा बेग्ला-बेग्लै र सामूहिक छलफल गरेका छन्।उनीहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन्।यी सबै छलफलको केन्द्रविन्दुमा नेता गौतम नै परेका छन्।

नेकपा स्थायी कमिटी सदस्य एवं नेपाल समूहका नेता भीम आचार्यले प्रधानमन्त्री ओलीले गरेका प्रस्ताव कति अनकुल कति प्रतिकुल छन् भन्नेबारे निरन्तर छलफल भइरहेको बताए।उनले भने हामीले पार्टीभित्र छलफल नगरी कुनै पनि समस्याको समाधान हुँदैन।अहिले देखिएको समस्या नेतृत्वको हो।विधि र पद्दतिमा चल्ने नेतृत्व निर्माणका लागि हाम्रो कसरत जारी छ।प्रधानमन्त्रीबाट पेस गरिएका दुई प्रस्ताव छलफलको केन्द्रबिन्दुमा छ।तर प्रधानमन्त्री ओलीले आफ्नो पद सुरक्षाका लागि गौतमलाई पासा मात्रै फ्याँकेको र त्यसलाई वैधानिकता दिन असन्तुष्ट नेताहरुले आफूलाई दबाब दिने देखेपछि बैठक पर धकेलेको सचिवालयका एक सदस्यले बताए।उनले भने प्रधानमन्त्री ओली आफ्नो पद छोड्न तयार हुनुहुन्न।साँझ अबेर बैठक बोलाएपछि छलफल गर्न समय नभएको भन्दै यो विषयलाई थाँती राख्ने सम्भावना भने धेरै देखिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments