22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeसमाचारप्रबोधका लम्जेल सङघर्षशील सम्मानित

प्रबोधका लम्जेल सङघर्षशील सम्मानित

धरान /प्रबोध साप्ताहिक पत्रीकाका सम्पादक लम्जेल संघर्षसिललाई कृपा सामुदायिक बिकास समाज धरान १५ ले सम्मान गरेको छ।

समाजले आयोजना गरेको तीन दिने उद्घोषण तालिमको समापनमा बिहिवार सम्पादक लम्जेल लाई सम्मान गरिएको हो।कार्यक्रम धरान उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष नरेश इबारमको प्रमुख आतिथ्यमा भएको हो।प्रमुख अतिथि नरेश इवारमले राज्यले लगानी गर्ने बजेट आफैले तिरेको करबाट प्राप्त हुने भएकाले आफुले सिकेका सिपलाई व्यवहारमा उतार्नु पर्ने कुरा बताए। उनले वडाको साझेदारीमा कृपा सामुदायिक विकास समाज धरान–१५ ले आयोजना गरेको दुई दिने उद्घोषण कला तथा माइन्यूट लेखन तालिम समापन  गर्दै माघ २३ गते सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अथिति रहेका इवारमले सहभागीहरुलाई आफ्नो दक्षता व्यवहारमा उतार्न सुझाव दिए । उनले वडा नं.–१५ले आयोजन गर्ने कुनै न कुनै कार्यक्रममा प्रशिक्षार्थीहरुको योग्यता जाँच गर्ने बताए । उनले आगामी बजेटमा उद्घोषण कला र माइन्युट लेखन जस्ता तालिमलाई अझ महत्वका साथ समावेश गर्ने समेत बताए ।

कार्यक्रममा कृपा चर्चका रेभरेन वि.वि. राईले सिकेका सिपलाई निरन्तरता दिनु पर्ने बताए । उनले उद्घोषण कला, पत्रकारिता जस्ता दक्षताले समाजमा बोल्न र सुचना सम्प्रेषण गर्न सक्ने बनाउने बताए ।  इसाई समाज धरानका अध्यक्ष सामुएल राईले समाजको विकासका लागि उद्घोषण कला तालिमले व्यवहारिक रुप दिन सक्ने बताए । उक्त तालिममा धरान–१५ का टोल विकास समितिहरुबाट प्रतिनिधित्व गर्दै तालिममा ३० जनाको सहभागिता रहेको कृपा सामुदायिक विकास समाजका गजेन्द्र विश्वकर्माले बताए । नेपाल साहित्यिक पत्रकार सङ्घ १ नंं. प्रदेश समिति अध्यक्ष, प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक एवम् सो तालिमका प्रशिक्षक लम्जेल सङ्घर्षशीलले उद्घोषण कलाले समाजका हरेक गतिविधिलाई जोड्ने पुलको काम गर्ने भएकाले व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए । उनले अहिलेको समयमा स्थानीय सरकारले हरेक नागरिकलाई उद्घोषण कला, पत्रकारिता, संस्थागत विकास, क्षमता अभिवृद्धि जस्ता तालिमहरु सञ्चालन गरेर समाज बदल्न तत्पर हुनुपर्ने बताए । अर्का प्रशिक्षक कृति टेलिभिजनका कार्यक्रम निर्देशक मोहन श्रेष्ठले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्ने बताए । प्रबोध साप्ताहिक पत्रिका प्रधान सम्पादक जमुना श्रेष्ठले हरेक कुराको सिकाई निरन्तर भइरहने भएकाले उत्साह र चासोका साथ हरेक व्यक्ति आफैंले व्यवहारिक रुप दिनुपर्ने  सुझाव दिइन ।

समाजका अध्यक्ष चन्द्रबहादुर शेर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम  इन्द्र विसुंकेले सञ्चालन गरेका थिए । कार्यक्रममा निराजनवस्ती कल्याण समाज धरान–१५ का अध्यक्ष गजेन्द्र लम्जेल, निशानदेवी आधारभुत विद्यालयका प्रधानध्यापक लोकराज निरौला लगायतको उपस्थित रहेको थियो । समापन कार्यक्रममा प्रशिक्षक  लम्जेल सङ्घर्षशील, मोहन श्रेष्ठ र सामुएल राईलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम इमानुएल कृपा चर्च धरान–१५, कस्तुरी मार्गको सभाहलमा माघ २२ ,२३ गते सञ्चालन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments