धरान / लक डाउनको अवधिमा सामाजिक दुरि कायम गर्दै प्रबोध साप्ताहि पत्रीकाका सल्लाहकार गणेशकुमारी राईको आमाको तेस्रो स्मृति सभा भएको छ।
सोमबार धरान १७ टेम्पो टोलमा गणेश कुमारी राईकै निवासमा स्मृति तथा श्रद्धाञ्जली सभा गरिएको छ। प्रबोध साप्ताहिक पत्रीकाको आयोजनामा स्मृति सभाको आयोजना गरिएको हो। कोभिड १९ को संक्रमण कारण यस अघि तयारी गरिएको कार्यक्रमलाई औपचारिकता दिएर गरिएको छ। छोरी गणेशकुमारी राईले स्मृति सभामा आमालाई समर्पण गर्दै कविता संग्रह `जुन रोएको रात´ समेत लोकार्पण गरिने योजना भए पनि लकडाउनका कारण त्यो हुन नसकेको कुरा प्रबोधका सम्पादक लम्जेल संघर्षशिलले बताए।
https://youtu.be/pTak6_FVj7k
गणेशकुमारी राईले आफ्ना आमा मतिश्वरालाई स्मरण गर्दै कविता वाचन गरेर श्रद्धाञ्जली अर्पण गरे। गणेश कुमारी राईकी आमा मतिश्वरा राईको जन्म बि.स.१९८० भाद्र मा कोट गाउँ भोजपुरमा भएका थिए। मतिश्वराको तीन वर्ष ९६ वर्षको उमेरमा २०७५ जेठ ११ गते धरान १७ टेम्के मार्गमा मृत्यु भएको हो। उनका गणेशकुमारी राई ,भिमकुमारी राई, काजी राई सहित तीन जना सन्तान रहेका छन।
प्रबोध साप्ताहिक पत्रीका प्रधान सम्पादक प्रकाशक जमुनादेबि श्रेष्ठको अध्यक्षतामा,लम्जेल संघर्षशिल,किरात राई यायोक्खा धरान नगर सदस्य बिना कुमारी राई,गिता राई,टोल बिकास समिति अध्यक्ष सीता राई टोल नेकपा टोल कमिटी अध्यक्ष सीता रम्तेल लगायतको उपस्तिथि रहेका थिए।कार्यक्रमलाई प्रबोध साप्ताहिकका उपसम्पादक नवीन रम्तेलले संचालन गरेका थिए। सहभागी सबैले एक मिनेट मौन धारण गर्दै फोटोमा फुल चढाएर गरेका थिए।