प्रल्हाद तिमल्सिनाको नयाँ गीत‘कसो कसो माया बस्यो…’को भिडियो सार्वजनिक भएको छ । गायक प्रल्हादसँगै गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको गीत ‘कसो कसो माया बस्यो…’को भिडियो युट्युबबाट रिलिज गरिएको हो । भिडियोको रुपमा रिलिज भएको यो गीतलाई गायिका शान्ता खत्री कार्कीले नै लेखेकी हुन् । जसमा रिमेश कुमारले सँगीत गरेका छन् ।
यो गीतको भिडियोमा सोनाल तामाङ, कविता राय मुख्य भूमिकामा छन् । अर्की माडल फरिता खड्का पनि भिडियोमा मोडलको रुपमा छिन् । गीतमा कोरियोग्राफी हरिश खनालको रहेको छ । हरिशले भिडियोलाई नृत्यप्रधान बनाएका छन् ।कसो कसो मायाँ बस्यो…को निर्देशन सञ्चारकर्मी कुमार आचार्यले गरेका हुन् । भिडियो :