22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedप्रहरीले ब्यापारीको आँखा निकालेर गुच्चा खेलिदिन्छु भन्दा तनाव(भिडियो सहित)

प्रहरीले ब्यापारीको आँखा निकालेर गुच्चा खेलिदिन्छु भन्दा तनाव(भिडियो सहित)

निमा पोङ्स्युवा

धरान / प्रहरीले ब्यापारीको आँखा निकालेर गुच्चा खेलिदिने भनेपछि तनाब सिर्जना भएको छ।

https://youtu.be/20Ywy75rJQc

धरान भानुचोक नजिक रहेको सब्जी मन्डिमा आइतबार पसल बन्द गराउन आएका वडा प्रहरी कार्यालयका सइ हेम लिङ्देनले पसल बन्द गर नत्र आँखा निकालेर गुच्चा खेलिदिन्छु भनेपछि त्यहाँका ब्यापारीले आक्रोश पोखेका छन। सबै ब्यापारी बाहिर निस्केर प्रहरी विरुद्ध आवाज उठाएका थिए।प्रहरीले बन्द गर्नु भनेपछि आफुले बन्द गर्न लाग्दा एक्कासि सटर तानेपछी टाउकोमा लाग्नबाट बचेको कुरा ब्यापारी रन्जितले बताए।उनले बिहान सल्लाह भए अनुसार दिउँसो ४ बजे ब्यापारी भेला भएको बताए। सम्झाएको भए हुने तर एक्कासि हप्किदप्की गरेको बताए। उनले प्रहरीले उठाउछसकी तेरो आँखा फुटाईदिउ भनेको बताए।उनले प्रहरीले दादागिरी गरेको आरोप लगाए।एक जना ब्यापारीले प्रहरीले तथानाम गाली गरेको आरोप लगाए।

ब्यापारीमाथी भएको प्रहरीले गरेको दुव्र्यवहार प्रती सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा पनि आएका थिए।अध्यक्ष सापकोटाले ब्यापारी भोकले मर्ने स्थिति आएको बताए।उनले ब्यापारीको सामान कुहिएर जाने अवस्था भएको बताए। निम्न बर्गलाई राहत दिए पनि ब्यापारीलाई कुनै राहत नदिएको बताए ।ब्यापारीलाई एकातिर भरभाडाको समेत चिन्ता भएको बताए।यस बिषयमा उद्योग वाणिज्य संघले प्रधानमन्त्रीसम्म कुरा लाने तयारी गरेको बताए।त्यसैगरी स्थानीय सरकारसंग छिटोभन्दा छिटो घरभाडा तथा राहतको बिषयमा कुरा गर्ने बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments