22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedप्रीति स्मृति छात्रवृत्ति तिनजनालाई वितरण

प्रीति स्मृति छात्रवृत्ति तिनजनालाई वितरण


आकाश मुखिया
धराान/ प्रीति मुखियाको नाममा स्थापना भएको छात्रवृत्ति यस वर्ष बिसिजा मगराती,प्रतीक्षा बिक,निर्मला थापा मगरलाई प्रदान गरिएको छ।

कार्यक्रममा कडा लगाव, महेनत र साधना गर्ने कक्षा ७ अध्ययनरत विसिजा मगराती, नियमित रुपले सर्वाधिक उपस्थिति हुने कक्षा ८ अध्ययरत प्रतिक्षा वि.क. र विद्यालयमा सञ्चालन हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई सर्वाधिक उपलब्धी हासिल गर्ने कक्षा ६ अध्ययरत निर्मला थापा मगर गरी तीन विद्यार्थीहरुलाई निरन्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना सहित जनही पाँच हजार रुपैयाँ र प्रमाण–पत्र वितरण गरिएको थियो ।

२०७१ सालमा अल्पायुमा असामयिक निधन भएकी छोरी प्रीति मुखियाको स्मृतिमा बुबा प्रदीप मुखिया र आमा देविका मुखियाद्वारा श्री माध्यमिक विद्यालय धरान–१७, घोपामा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। अक्षयकोषको ब्याजबाट वार्षिक रुपले छात्रवृत्ति वितरण गरिँदै आएको छ।सोही अनुसार  प्रीति मुखिया स्मृति छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानोदय मा.वि. धरान–११ का प्राचार्य हरिकुमार राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको छात्रवृत्ति बितरण कार्यक्रममा कोषका संस्थापक प्रदीप मुखिया एवम् देविका मुखिया, ठूलीआमा सुशीला मुखिया लगायत आफन्तजनहरुको समेत सहभागी रहेका थिए।त्यसैगरी  विद्यालय  प्रधानाध्यापक रवि भुजेल, पूर्व प्र.अ. निर्मला राई, विद्यालयका शिक्षकशिक्षिका, सम्पूर्ण विद्यार्थी, अभिभावकहरु, नारी एकता समाज धरान–१८ मा आबद्ध दिदीबहिनी,  कोष स्थापनाका पहलकर्मी तथा सुनुवार सेवा समाज क्षेत्रीय समिति पूर्व सचिव गजेन्द्रकुमार मुखिया, विद्यालयका पूर्व शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेका थिए।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर राईको अध्यक्षता भएको हो।

यस विद्यालयमा यो मात्रै छात्रवृत्ति कोष रहेकाले कार्यक्रममा वक्ताहरुले स्वर्गीगी आफन्तजनहरुको स्मृतिमा गरिने धार्मिक, सांस्कृतिक तथा सामाजिक कर्महरु तथा दानदातव्यमा हुने खर्चहरुबाट शैक्षिक विकासका लागि विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने प्रीति स्मृति छात्रवृत्ति कोष जस्तै अरु पनि अक्षय कोष खडा गरे उत्तम हुने र शैक्षिक उन्नयनमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments