चर्चित बाल कलाकारमा अनुभव रेग्मी अहिलेको अहिले प्रेम गित ३ मा देखिनका लागी तिब्र रुपमा तयारी गरिरहेका छन् ।अनुभव रेग्मी प्राय कमै चलचित्रमा देखिने गरेका छन् । नाइँ न भन्नु ल सिरिज बाहेक फाट्टफ़ुट्ट चलचित्रमा देखिएका छन् र उनलाई दर्शकहरुले मुख्यता यहि सिरिजमा धेरै रुचाएका छन् । तर अहिले निर्देशक सन्तोष सेनले अनुभवलाई आफ्नो चलचित्र प्रेम गित ३ मा विशेष तरिकाले प्रस्तुत गर्ने तयारीमा रहेका छन् । सन्तोष का अनुसार अनुभवलाई नाइँ न भन्नु ल भन्दा अब प्रेमगीत का सानो प्रेम भनेर चिनाउने कोशिस रहेको बताएका छन् । अनुभव पनि अहिले दिनरात यहि तयारी मा रहेका छन् ।
अनुभव रेग्मीलाइ प्रेमगीतमा साच्चै नै फरक रुपमा प्रस्तुत गर्न लागिएको देखिन्छ । अनुभवले यहि चलचित्रका लागि धेरै दुख समेत गरेको देखिन्छ । झण्डै एक महिना देखि अनुभवले नक्कली कपाल टासेर बसेका छन् जसले गर्दा धेरै दुख समेत खपेका छन् । नक्कली कपाललाई टाउकोमा टास्दा धेरै दुखेको र आफु कत्ति रोएको समेत बताएका छन् । घरमा जत्ता हेर्यो कपाल मात्र देख्थे भन्दै आफु कठिनाईको अनुभव क्यानाडा नेपालसंग कुराकानीमा साटेका छन् ।”कपालको लागि मैले धेरै मेहेनत गरेको छु । कपाल जोड्दा म धेरै रोएको छु र बाबा ममीले मलाई फकाई फुलाई गरि बुझाउनु भयो । सुत्दा समेत गाह्रो हुने र कपालको रबर खुल्दा आफुले लाउन पनि सक्दिन । मलाई यो कपालले गर्दा धेरै झन्झट दिएको छ तर चलचित्रको लागि हो भनेर यो सहिरहेको छु ।”भिडियो: