20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeसमाचारप्रेस नेपाल लिम्बुवान समिति गठन

प्रेस नेपाल लिम्बुवान समिति गठन

धरान / समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन प्रेस नेपाल अन्तर्गत लिम्बुवान राष्ट्रिय समिति गठन गरिएको छ।

समाजवादी पार्टी कार्यालय धरानमा बिहिवार भएको भेलाले अजित धिमालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।समितिको उपाध्यक्षमा नामहाङ आङथुपो,सचीव निमा पोङ्स्युवा सहसचिव डिल्लिश्वर मुसाहाङ कोषाध्यक्ष सन्जु आठपहरिया सदस्यहरुमा दिपेस इशारा राई,नरेश बिक,नरेन याक्खा,पदम दुखी साम्बाहाम्फे पवनलाल मेचे रहेका छन।

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले शुभकामना दिदै आम समुदायले सजिलो बुझिने रुपमा खुलाएर बाहिर ल्याउन आग्रह गरे। मिडिया नहुने हो भने जुनसुकै आन्दोलन सफल नहुने बताए।पहिचान संघीयताको कुरा पर्याप्त मात्रामा न आएको बताए।आम जनता कार्यक्रममा सहभागी हुदैन तर सहभागी नभएका कुरा पुनः जनता समक्ष लाने काम मिडियाको भएको बताए। समाजवादी पार्टी विरुद्ध विभिन्न भ्रम अन्य मिडियाले ल्याईरहेको बताउदै त्यसलाई चिर्न पनि यस मिडियाको भुमिका हुनुपर्ने बताए। नव गठित समितिलाई क्रमश सामग्रीले सम्पन्न बनाउदै लाने भन्दै तत्काल एउटा ल्यापटप उपलब्ध गराउने बताए।उनले लिखित रुपमा संरचनागत रुपमा समाजवादी पार्टी लागेको भन्दै त्यही अनुसार खुलेर लेख्न आग्रह गरे।

किरात राष्ट्रिय समितिका सदस्य सुभचन्द्र राईले शुभकामना दिदै मिडिया राष्ट्रको चौथो अंग भएकोले सबै गतिविधि जनतासमक्ष पुर्‍याउन महत्त्वपूर्ण योगदान रहेको बताए।पहिचान पक्षधरको कुरालाई अगाडि लान आवस्यक रहेको बताए। पत्रकारिता शक्ति कै पछाडी लाग्ने पाइएकोले पनि केही समस्या देखिएको बताए।समाजवादी पार्टीको बिचारलाई कसरी प्रेस मार्फत लान सकिन्छ त्यस तर्फ पनि पार्टीको ध्यान जान आवस्यक रहेको बताए।पार्टीको बिसु अभियानलाई समेत संप्रेषण गरेर अधि बढाउन आग्रह गरे।

नव गठित समितिलाई समाजवादी पार्टी धरान उपमहानगरका अध्यक्ष ताजुप लिम्बुले शुभकामना दिदै तत्कालीन अवस्थामा समाजवादी पार्टी जन्मिदा अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको समाचार ब्यापकताले पाउँदा त्यसको महत्त्व आफुले बुझेको स्मरण गरे। समाजवादी पार्टी सहितको बिचारलाई जनता माझ पुर्‍याउन प्रेसको अहम भुमिका हुने भन्दै समाचार सम्प्रेषणमा सहयोग मिल्नेमा आशाबादी रहेको बताए।समाजवादी पार्टीको बिचार स्पष्ट भएको बताए।सम्मुनत समाजबाद नै पार्टीको मुल मुद्दा अगाडि ल्याएको बताए। संघीयता धर्म निरपेक्ष समाजवाद लगायतका कुरालाई प्रेस मार्फत जनतामा पुर्‍याउन आग्रह गरे।

नव निर्वाचित अध्यक्ष अजित धिमालले लिम्बुवान आन्दोलनमा प्रेस नेपाल लिम्बुवान समितिले केही भुमिका हुने बताए।लिम्बुवान प्राप्तिको आन्दोलनको भुमिका नै यस गठनको मुल उद्देश्य रहने बताए। उनले स्वतन्त्र पत्रकारिता  भनिए पनि पहिचानको आन्दोलनमा कहि न कहिँ आवद्ध हुन आवस्यक रहेकोले प्रेस नेपाल लिम्बुवान समिति गठन गर्नुपर्ने जरुरत भएको बताए।

नब गठित समितिलाई सांस्कृतिक महासंघका लिम्बुवान समिति संयोजक कुमार प्रधान कल्पितले शुभकामना दिए।कार्यक्रममा लिम्बुवान राष्ट्रिय समिति तथा केन्द्रिय सल्लाहकार सल्लाहकार वाङ्दी लामा समाजवादी विद्यार्थी महेन्द्र क्याम्पस इकाई अध्यक्ष उदिप लावती उपाध्यक्ष संजोग हुक्पाचोङ्बाङ केन्द्रिय सदस्य जेन्टल लावती,लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण लिम्बु,समाजवादी पार्टी धरान उपमहानगर कोषाध्यक्ष लक्ष्मि चाम्लिङ लगायतको उपस्थित रहेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments