21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियफेरी लकडाउन कडा बनाउँदै सरकार !

फेरी लकडाउन कडा बनाउँदै सरकार !


काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ। केहि यता सरकारले लकडाउनलाइ खुकुलो पर्दै आइरहेको छ। यो संगै नेपालमा संक्रमितको संख्या दिनहुदिन बढ्न थालेपछि लकडाउन फेरी कडा बनाइने भएको छ।

लकडाउन खुकुलो बनाएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । एकजनालाई सं क्रम ण हुँदा लकडाउन गरेको सरकारले अहिले सात हजार जना संक्रमित हुँदा खुकुलो बनाउन सरकार उल्टो बाटोमा लागेको भन्दै आलोचना सुरु भएको छ । सरकारी उच्च स्रोतका अनुसार कोरोना भाइरसको सं क्रम ण रोकथाम तथा नियन्त्रणको लागि सरकारले पुन असार मसान्तभित्र लकडाउन सुचारु गर्ने तयारी गरेको हो ।

असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाइएको हो । पर्याप्त राजश्व संकलन संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ। अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएको मा सरकारको आलोचना भइरहेको छ । सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेकाले लकडाउन खुकुलो बनाइएको हो ।

यसैगरी असार मसान्तसम्म अर्थतन्त्र ले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने तयारीमा सरकार लागेको सरकारी उच्चस्रोतको भनाइ छ। त्यस्तै अबको लकडाउन विगतको जस्तै गर्ने कि,अझै कडा गर्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments