दैलेख । अमेरिकन फौजी किसानबाट मकै जोगाउनको लागि दुल्लु नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । किसानले लगाएको मकै बारीमा अमेरिकन फौजी किरानाले क्षति गर्न थालेपछि दुल्लु नगरपालिकाले मकै जोगाउन ६५ जना स्वयंसेवक परिचालन गरेको हो ।
बारीमा लगाएको मकैले पात नहाल्दै फौजी किरानको प्रकोप देखिन थालेपछि त्यहाँका किसान निराश बनेका छन् । भर्खरै उम्रिएको बोट र गोड्ने बेलामा मकैको पात, गुभो तथा बोटमै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको दुल्लु नगरपालिका वडानं –७ नेत्र वहादुर रावतले बताए । ‘मकैको बिरुवा राम्रा थिए, भर्खर हुर्कन थालेका थिए । ‘बर्षभरी हामीले खाने मकै यहि हो, किराले सखाप पारिदियो के खाने होला’, रावतले दुखेसो पोखे ।
जिल्लाको ११ वटै स्थानीय तहमा किसानले लगाएको मकैबालीमा फौजी किराको आक्रमण भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । केही साता यता यो किराको प्रकोप देखिएको हो । जिल्लाकोे आठबिस नगरपालिका, ठाटिकाँध गाउँपालिका र गुराँस गाउँपालिकाबाट यसको बारेमा जानकारी नआएको कृषि विकास कार्यलय दैलेखका कार्यालय प्रमुख तिलक पाण्डले जानकारी दिए । तर ठाटिकाँध गाउँपालिका वडानं ६ का वडाअध्यक्ष मनबहादुर सिजापतिले भने कुन किरा हो । थाहा छैन । किसानले बारीमा लगाएको मकैबारी सखाप पारेको जानकारी दिए । उनले थपे, ‘गाउँमा एकातिर कोरोना त्रास थियौ नै अर्कातिर मकै खाने किराको डरले झनै किसान आत्तिएका छन् । यसको रोकथामको लागि जिल्ला कृषि कार्यालयले अभियान थालोस् ।’
फौजी किराले दुल्लु नगरपालिकामा बढी क्षति पु-याएपछि नगरपालिकाले नगर भित्रका १३ वटा वडाका किसानहरुलाई सघाउन कृषि विकास शाखाको रकमलाई रकमान्तर गरेर ६५ जना स्वयम सेवक परिचालन गरेको छ । नगरपालिका भित्र कृषि पढेका युवालाई परिचालन गरिएको नगरप्रमख घनश्याम भण्डारी बताए । उनले भने, ‘फौजी किरा नियन्त्रण गर्न नगरपालिकाले कृषि पढेका बरोजगार युवालाई परिचालन गरेका छौं । उहाँहरुले दैनिक ६ सयका दरले पारिश्रमिक पाउने छन् ।’ कृषि पढेकाले मात्र आफुले यो काम पाएको दुल्लु नगरपालिकाका –१२ का नारायण लम्सालले खुशी व्यक्त गरे ।
कृषकका बारीमा फौजीकीरा, फेदकटुवा किराले मकैमा क्षति पु-याएको समस्यालाई मध्यनजर गर्दे दुल्लु नगरपालिकाको कृषि शाखाले विषाधी न्याप स्टयाक स्पे्रड दिएको र स्वयम सेवकले किसानलाई सघाउने दुल्लु नगरपालिका कृषि शाखाका प्रमुख राजन विष्टले जानकारी दिए । दुल्लुमा करिब १५ हेक्टर क्षेत्रफलको लागि औषधी लगायत अन्य सामाग्री प्रदान गरिएको छ ।
जिल्लाका कृषकलाई समस्या पर्ने नदिन कृषि विकास कार्यालय दैलेखले विभिन्न कामहरु गर्दे आएको छ। मकैमा लागेको २ थरीको किराले पारेको प्रभाव बारे सबै स्थानीय तह संग सहकार्य गर्दै किराको नियन्त्रणमा लागेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए । ‘हाल मकैमा लागेको किरा फौजी र फेद कटुवा भएकाले यसको नियन्त्रण्मा लागेका छौँ, उनले भने । दैलेखका केही स्थानमा आइतबार पानी पर्दा फेदकटुवा किरा कम हुने भएकोले पानी परेपछि नियन्त्रण हुने र फौजी किराको भने जोखिम नै रहेको छ । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रण गर्नका लागि कृषि पढेलेखेका युवाहरुलाई परिचालन गरेको छ ।
नगरपालिकाको सबै जसो क्षेत्रमा मकै उत्पादन राम्रो हुने भएपनि फौजी किराले बर्षेनी ८० प्रतिशत जति क्षति पु¥याउँदै आएको दुल्लु नगरपालिकाका नगर–उपप्रमुख विष्णु थापाले जानकारी दिइन् । विगत दुई तिन बर्षदेखि यो किराले गर्दा उत्पादनमा ह्रास आईरहेको छ । यो बर्ष खाद्य संकट आउने सम्भावना भएकाले हामीले समयमानै यो अभियान थालेका हौँ ।’ यस्तो अभियान थाल्नेमा दुल्लु कर्णालीको पहिलो स्थानीय तह हो ।