सिन्धुपाल्चोकका चरीमाया तामाङ १६ बर्षको उमेरमा उनि बम्बईको कोठीमा बेचिन । चैत वैशाखको बेला जङ्गलमा घास दाउरा गर्नु पर्ने हुन्थ्यो । त्यहिबेला उनलाई गाउकै चिनेजानेको व्यक्तिहरुले मौका छोपीरहेका थिए। एक दिन एक्लै घास काट्न गएर फर्किदा एक हुल मान्छेले उनलाई घेरेर समाते । चरिमायाले आफुलाई बचाउन अनेक प्रयास गरिन तर सकिनन् । उनलाई अनेक प्रलोभन पनि देखाए । कु’पिट गरे । उनीहरु गाउले नै थिए।
उनीहरुले जबरजस्ती बेहोस हुने औषधि खुवाए । पछि एकै पटक चरिमायाको होस् खुल्दा बम्बईको ठुलो कोठी भित्र थिए ।हाल शक्ति नेपाल नामक संस्थामा अबद्ध भएर आफू जस्तै बे’चिएकी अनि हिंसामा परेकी नारीहरुको सेवामा समर्पित उनले त्यो कोठी भित्रको डरलाग्दो यातना अनि कथा व्यथा यसरी हामीसँग सुनाइन्, हेर्नुहोस् भिडियो:
https://youtu.be/chu954g2JAk