बर्दिया प्रहरीले ह’त्या अभियोगमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । गेरुवा गाउँपालिका- ४ बस्ने गंगाघर चालिसेको ह’त्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । २०७२ साउन १६ गते चालिसेलाई घारिलो हतियार प्रहार गरी ह’त्या गरी फरार भएका बुढाक्षेत्रीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत बर्दिया गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।