22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियबर्दियामा १७० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बर्दियामा १७० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बर्दिया । कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ । एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो।

आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताउनुभयो ।रासस

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments