बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का सवारी चालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसीआर परीक्षणमा ५५ वर्षीय चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले दुई दिनअघि सरुवा भएका सिडिओ प्रेमलाल लामिछानेलाई काठमाडौंँ छाडेर नयाँ सिडिओ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याएका थिए ।
लामिछानेको पिसीआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।