30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियबर्षा अझै दुई दिन सम्म हुन सक्ने

बर्षा अझै दुई दिन सम्म हुन सक्ने

काठमाडौं । नेपालमा हाल सक्रिय मनसुनका कारण देशैभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । बर्षा अझै दुई दिन सम्म हुन सक्ने मौसमविदहरूले जनाएका छन् । जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन सक्रिय रहेकाेले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा बर्षा जारी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेकाले ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments