नेपालगञ्ज । बाँकेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड१९ को आइसोलेसनमा उपचाररत उनीहरु दोस्रो पटकको कोरोना परीक्षणको रिर्पोट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमित निको भएर एकै पटक धेरै संख्या डिस्चार्ज भएको यो पहिलो पटक हो। उनीहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का हुन्। जहाँ २५ संक्रमित भेटिएका थिए।
डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष पनि छन्। वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए।
बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ। बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन्। जसमध्ये २१ जना आज डिस्चार्ज हुन लागेको हुन्।
खजुरा गाउँपालिका अध्यक्ष एवम् अस्पतालका सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले पहिलो चरणका सबै २१ जना निको भएर डिस्चार्ज हुन लागेको जानकारी दिए।
अहिले बिहान १० बजे डिस्चार्ज हुने उनले बताए। अस्पतालको आइसोलेसनमाा बाँके र बर्दियाका २८ जना भर्ना छन्। हिजो खजुरा गाउँपालिकका एक महिला समेत कोराना भर्ना भएपछि यो संख्या २९ पुगेको छ। जसमध्ये २१ जना निको भएका हुन्।